राष्ट्रियसभा निर्वाचनका अधिृकत फेरिए

काठमाडौं । आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि तोकिएका सात प्रदेशका निर्वाचन अधिकृत फेरिएका छन् ।
न्याय परिषद्को निर्णयको आधारमा जिल्ला अदालतका केही न्यायाधीशहरू उच्च अदालतमा नियुक्त भएसँगै निर्वाचन आयोगले पनि आफ्नो पूर्व निर्णयहरु हेरफेर गरेको हो ।
आयोगले पुस १२ गते कोसी प्रदेशका लागि दुर्गाप्रसाद ढुंगेल, मधेस प्रदेशका लागि नारायणप्रसाद सुवेदी, गण्डकी प्रदेशका लागि केशवप्रसाद बास्तोला, लुम्बिनी प्रदेशका लागि कृपासुर कार्की, कर्णाली प्रदेशका लागि विष्णुप्रसाद अर्याल र सुदूरपश्चिम प्रदेशका लागि ओमप्रसाद अर्याललाई अधिकृतमा नियुक्त गरेको थियो ।
राष्ट्रियसभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा ७ बमोजिम आयोगको बिहीबार बसेको बैठकले आजैका मितिदेखि लागू हुने गरी निर्वाचन अधिकृत नियुक्त गरिएको आयोगका प्रवक्ता सहसचिव शालिग्राम पौडेलले जानकारी दिए ।
उनका अनुसार कोशी प्रदेशमा विष्णु प्रसाद गौतम, मधेस प्रदेशमा चित्रबहादुर गुरुङ, बागमती प्रदेशमा श्रीप्रसाद सञ्जेल, गण्डकी प्रदेशमा ऋषिराज आचार्य, लुम्बिनी प्रदेशमा कुलप्रसाद पाण्डे, कर्णाली प्रदेशमा मनोज श्रेष्ठ र सुदूरपश्चिम प्रदेशमा विष्णु प्रसाद अवस्था नियुक्त भएका छन् ।

















पूर्वविशिष्टको दोहोरो सवारीसुविधामा सरकारको निगरानी : विवरण बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयको निर्देशन
एम्बुलेन्सबाट गाँजा बरामद, दुई जना भारतीय नागरिक पक्राउ
संविधान संशोधन कार्यदलले पूर्वमहान्यायाधीवक्ताहरुसँग छलफल गर्दै
विद्युत् सेवाको पहुँचले फेरियो खैराङवासीको जीवनशैली
सुनचाँदीको मूल्य व्यापक वृद्धि, आज कारोबारको मूल्य कति ?
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता पठाउँदै राष्ट्रपति
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
प्रतिक्रिया