सोमबार, माघ १९, २०८२

रुस र युक्रेनको श्रम स्वीकृतिमा रोक

मेरोन्यूज २०८० पुष १९ गते १८:१६

काठमाडौं । सरकारले रुस र युक्रेनका लागि दिँदै आएको श्रम स्वीकृतिमा रोक लगाएको छ ।

रुसी सेनामा भर्ती भएका नेपाली नागरिकले ज्यान गुमाइरहेको कारण देखाएर वैदेशिक रोजगार विभागले दुई देशको श्रम स्वीकृतिमा रोक लगाएको हो ।

वैदेशिक रोजगारीको सिलसिलामा संस्थागत वा व्यक्तिगतरूपमा नेपाली नागरिक रुस जाँदा हुन सक्ने थप क्षतिलाई न्यूनीकरण गर्न अर्को व्यवस्था नभएसम्मका लागि रुस र युक्रेनका लागि श्रम स्वीकृति स्थगन गरिएको विभागले जनाएको छ ।

पछिल्लो समय अवैधरूपमा नेपाली युवाहरू रुसी सेनामा भर्ती भइरहेका छन् ।

अहिलेसम्म रुसी सेनामा कार्यरत ९ नेपालीको ज्यान गइसकेको छ । साथै केही नेपाली घाइते भएका छन् भने केही सम्पर्कविहीन बनेका छन् । यस्तो अवस्थामा आफ्ना नागरिकको सुरक्षा तथा थप क्षति हुन नदिन श्रम स्वीकृति दिन रोक लगाइएको विभागले जनाएको छ ।

प्रतिक्रिया