पोखरामा निःशुल्क स्वास्थ्य शिविर आयोजना

पोखरा । पोखरा महानगरपालिका-१८ आदर्शबस्तीमा शनिबार निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको छ ।
ललितपुरको चाकुपाटस्थित जिएनपी अस्पताल तथा ग्रिन नेपाल प्रोमोशन प्रा.लि. को प्राविधिक
सहयोग र आदर्श बस्ती समाजको आयोजनामा स्वास्थ्य शिविर सम्पन्न भएको हो ।
शिविरमा उच्च रक्तचाप, मधुमेह, नशा तथा हाड जोर्नीसहित विभिन्न रोगका करिब १ सय ५० जनाभन्दा बढीको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको जिएनपी अस्पतालका मेडिकल डाइरेक्टर डा. दिनेश राईले जानकारी दिए ।
स्वास्थ्य शिविरका सहभागीलाई डा. राई, डा. विजय लामिछाने, ग्रिन नेपाल प्रेमोशन प्रा।लि। का अध्यक्ष रामकुमार राई र प्रशासन प्रमुख पुरुषोत्तम कोइरालाले प्राकृतिक उपचार पद्धति, उपचार विधि, शारीरिक व्यायाम, स्वच्छ जीवनशैलीका लागि अपनाउनुपर्ने पूर्व सावधानी र खानपानलगायत विषयमा सचेतनामुलक जानकारी दिएका थिए ।
बंषाणुगत र घटना विशेषका कारणबाहेक मानव शरीरमा लाग्ने अधिकांश रोगको स्रोत खानपान र जीवनशैली भएको डा. राईले बताए । खानपिनमा अनुशासित हुन सके र नियमित व्यायाम गर्न सकिए धेरै रोगबाट बच्न सकिने डा. राईको भनाइ थियो ।
















अब बिचौलियालाइ यातायात व्यवस्था कार्यालयमा प्रवेश निषेध
आज पनि बढ्यो सुनचाँदीको मूल्य
वैशाख २ गतेदेखि जुम्लामा आर्थिक गणना
यस्तो छ आज फलफूल तथा तरकारीकाे मूल्य
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
अमेरिकी युद्धपोत ‘अब्राहम लिंकन’माथि आक्रमण गर्ने इरानको घोषणा
इजरायलमा इरानी आक्रमणपछि खतरनाक रसायन र ग्यास चुहावटको आशंका
अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा (सूचीसहित)
ओली र लेखकको म्याद थपबारे बहस सकियो, आदेश आउँदै
प्रतिक्रिया