कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै
मेरोन्यूज
२०८० पुष २२ गते ७:३०

काठमाडौं । राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि उम्मेदवार चयन गर्न नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै छ ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा आज दिउँसो १ बजे बस्नेगरी कार्यसम्पादन समितिको बैठक बोलाइएको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
बैठक शनिबारका लागि तय भएको थियो । तर, सत्ता गठबन्धनबीच शनिबार सिट बाँडफाँटमा सहमति नभएपछि बैठक आज बस्न लागेको हो ।
बैठकमा पार्टीका सभापति शेरबहादुर देउवाले राष्ट्रिय सभाको सिट बाँडफाँटबारे भएका छलफलबारे समितिका सदस्यहरूलाई ब्रिफिङ गराउनेछन् ।
माघ ११ गतेका लागि तय भएको राष्ट्रिय सभा निर्वाचनमा सोमबार (पुस २३ गते) उम्मेदवारी दर्ता गर्ने कार्यतालिका छ।
कांग्रेसको आजको बैठकमा पार्टीको आगामी महासमिति बैठक र समसामयिक राजनीतिक विषयमा पनि छलफल हुनेछ।
सम्बन्धित
















बागमतीका ६ मन्त्रालय कटौती, अब ८ मात्रै रहने
सञ्चार मन्त्रालय मातहतका ३६ जना पदाधिकारी पदमुक्त (सूचीसहित)
स्वास्थ्य मन्त्रालयका १९३ पदाधिकारी पदमुक्त
१९ जिल्लामा हुलाकको घरमै सेवा : राहदानी, लाइसेन्स, शैक्षिक प्रमाणपत्रलगायत कागजात ढुवानी
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
बालेनलाई ज्ञवालीको प्रश्न: बागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ?
इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
अध्यादेश आएसँगै १५ सय ९४ पदाधिकारी एकै पटक हटाइदै: को को परे ?
प्रतिक्रिया