राष्ट्रियसभा अध्यक्ष बनाउन कांग्रेसले सिटौलालाई बनायो उम्मेदवार

काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रिय सभा अध्यक्ष बनाउने गरी पूर्व महामन्त्री तथा कांग्रेसका प्रभावशाली नेता कृष्ण सिटौलालाई राष्ट्रिय सभाको उम्मेदवार बनाउने भएको छ ।
कांग्रेसको पार्टी कार्यालय सानेपामा बसेको कार्यसम्पादन समितिको बैठकले सिटौलालाई राष्ट्रिय सभा उम्मेदवार बनाउने निर्णय गरेको हो ।
राष्टिय सभा अध्यक्ष गणेश तिमिल्सीनाको पदावधी पनि फागुन २१ बाट सकिँदैछ ।
उनको स्थानमा कांग्रेसले सिटौलालाई राष्टिय सभाको अध्यष बनाउन उम्मेदवार बनाउने निर्णय लिएको हो । सत्ता गठबन्धनमा कांग्रेसले राष्टिय सभाको अध्यक्षमा लविइङ गरिरहेको छ ।
सिटौला गत वर्ष सम्पन्न प्रतिनिधिसभा चुनावमा झापा ३ बाट राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनसँग पराजित भएका थिए । चुनाव हारेका सिटौलाको ब्यवस्थापनका लागि कांग्रेस सभापति देउवाले राष्टिय सभामा ल्याउन लागेका हुन् ।
उनलाई अध्यक्ष दिन माओवादी अध्यष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि सकारात्मक र लचिलो छन् । एकीकृत समाजवादीले राष्टिय सभा अध्यक्षमा दावी गरिरहेपनि सिटौला राष्टिय सभामा आए गठबन्धनबाट उनी नै अध्यक्ष बन्ने करिब पक्का छ ।
सिटौला आजै कोशी प्रदेशको राजधानी विराटनगर गएका छन्। कांग्रेसले पाएका १० सिट मध्ये अरू ९ सिटमा भने सहमति भइसकेको छैन।
कोशीमा खाली भएका दुई सिट मध्ये अन्यतर्फ कांग्रेसबाट सिटौलालाई उम्मेदवार उठाउने निर्णय गरेको थियो। यही माघ ११ गते १९ सिटका लागि हुने राष्ट्रिय सभा निर्वाचनका लागि सोमबार मनोनयन छ।
















सञ्चार मन्त्रालय मातहतका ३६ जना पदाधिकारी पदमुक्त (सूचीसहित)
स्वास्थ्य मन्त्रालयका १९३ पदाधिकारी पदमुक्त
१९ जिल्लामा हुलाकको घरमै सेवा : राहदानी, लाइसेन्स, शैक्षिक प्रमाणपत्रलगायत कागजात ढुवानी
पाठ्यक्रम समयसापेक्ष पुनरावलोकनका लागि कार्यदल गठन
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
बालेनलाई ज्ञवालीको प्रश्न: बागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ?
इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
प्रतिक्रिया