१५१ जनाद्वारा रक्तदान

काठमाडौँ । नेपाल आयल निगमको ५४औँ वार्षिकोत्सवको अवसर पारेर आज रक्तदान गरिएको छ ।
निगमको केन्द्रीय कार्यालय टेकुमा आयोजित कार्यक्रममा निगमका कर्मचारी, पूर्वकर्मचारी तथा कर्मचारी परिवारका एक सय ५१ ले रक्तदान गरेका तिए ।
निगमले एक दशकदेखि प्रत्येक वार्षिकोत्सवका अवसरमा रक्तदान कार्यक्रम गर्दै आएको छ । अघिल्लो वार्षिकोत्सवमा कूल एक सय ३१ जनाले रक्तदान गरेका थिए । नेपाल रेडक्रास सोसाइटी रक्त सञ्चार सेवा, ताहाचलको प्रविधिक सहयोगमा रक्तदान कार्यक्रम गरिएको निगमले जनाएको छ ।
त्यस अवसरमा एक सय ७६औँ पटक रक्तदान गरेका प्रेमसागर कर्माचार्यले वार्षिकरूपमा कम्तीमा दुई पटक रक्तदान कार्यक्रम आयोजना गर्न सुझाव दिए । निगमको रक्तदान कार्यक्रम उपसमितिका संयोजक विकास बखतीले रक्तदाता, नेपाल रेडक्रस सोसाइटी, रक्त सञ्चार विभागलगायत सम्पूर्ण सहयोगीमा धन्यवाद ज्ञापन गरेका थिए ।
नेपालमा पेट्रोलियम पदार्थ कारोबारको एकाधिकार पाएको निगमले वार्षिकोत्सवको अवसर पारेर विभिन्न कार्यक्रम आयोजना गर्दै आएको छ । निगमले यही पुस २६ गते स्थापनाको ५४आँै वार्षिकोत्सव मनाउँदै छ ।















प्यूठानमा रास्वपाबाट युवा अर्थशास्त्री सुशान्त वैदिकको उम्मेदवारी दर्ता
बेलुकी ६ बजेसम्म २९२५ जनाको उम्मेदवारी दर्ता
स्याङ्जामा ट्र्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु, ४ घाइते
ऋषि धमलाले रौतहट-४ मा गराए उम्मेदवारी दर्ता
प्रधानमन्त्री कप पुरुष क्रिकेट छनोट प्रतियोगिता सुरु
टी-२० विश्वकप ग्लोबल छनोट : पहिलो खेलमा नेपाल थाइल्यान्डसँग पराजित
महिला टी-२० विश्वकप ग्लोबल छनोट: नेपालले गुमायो ३ विकेट
आइसिसी महिला टी-२० विश्वकप छनोट: आज पहिलो खेलमा थाइल्याण्डसँग भिड्दै नेपाल
नेपाललले थाइल्याण्डलाई दियाे १२३ रनको लक्ष्य
प्रतिक्रिया