आइतबार, माघ १८, २०८२

प्रधानमन्त्री प्रचण्डले माघमा युगान्डा भ्रमण गर्ने

मेरोन्यूज २०८० पुष २५ गते १७:०५

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले युगान्डा भ्रमण गर्ने भएका छन् ।

मंगलबार बसेको मन्त्रिपरिषद्को निर्णय बुधबार सिंहदरबारमा सुनाउँदै सरकारका प्रवक्ता रेखा शर्माले यसबारेमा जानकारी गराएकी हुन् ।

प्रधानमन्त्री प्रचण्डले युगान्डाको राजधानी कम्पालामा माघ ५-६ मा आयोजना हुने असंलग्न आन्दोलनका विजयी राष्ट्रहरूको १९औँ सम्मेलनमा भाग लिने उनले जनाइन् ।

त्यसअघि माघ ३-४ मा हुने असंलग्न आन्दोलनका सदस्य राष्ट्रहरूको मन्त्रीस्तरीय बैठकमा परराष्ट्रमन्त्री नारायणप्रकाश साउद र १-२ माघमा हुने पदाधिकारी बैठकमा परराष्ट्र सचिवको नेतृत्वमा नेपाली प्रतिनिधि मण्डल गठन गर्ने निर्णय भएको प्रवक्ता शर्माले जानकारी दिइन् ।

प्रतिक्रिया