प्रधानमन्त्री प्रचण्डले माघमा युगान्डा भ्रमण गर्ने
मेरोन्यूज
२०८० पुष २५ गते १७:०५

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले युगान्डा भ्रमण गर्ने भएका छन् ।
मंगलबार बसेको मन्त्रिपरिषद्को निर्णय बुधबार सिंहदरबारमा सुनाउँदै सरकारका प्रवक्ता रेखा शर्माले यसबारेमा जानकारी गराएकी हुन् ।
प्रधानमन्त्री प्रचण्डले युगान्डाको राजधानी कम्पालामा माघ ५-६ मा आयोजना हुने असंलग्न आन्दोलनका विजयी राष्ट्रहरूको १९औँ सम्मेलनमा भाग लिने उनले जनाइन् ।
त्यसअघि माघ ३-४ मा हुने असंलग्न आन्दोलनका सदस्य राष्ट्रहरूको मन्त्रीस्तरीय बैठकमा परराष्ट्रमन्त्री नारायणप्रकाश साउद र १-२ माघमा हुने पदाधिकारी बैठकमा परराष्ट्र सचिवको नेतृत्वमा नेपाली प्रतिनिधि मण्डल गठन गर्ने निर्णय भएको प्रवक्ता शर्माले जानकारी दिइन् ।
सम्बन्धित
















कर्मचारीले इन्धन दुरुपयोगको गरेको आरोप स्वास्थ्यमन्त्रीले लगाएपछी मन्त्रालयले भन्यो- दुरुपयोग भएको छैन
सुकुम्बासी देखी लिपुलेकसम्म यस्ता छन् कांग्रेस बैठकका ७ निर्णय
अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
विश्वकै व्यस्त मानिने दुबई विमानस्थलमा यात्रुको सङ्ख्यामा ६६ प्रतिशतको गिरावट
नेपाललाई तेक्वान्दोमा चार स्वर्ण पदक
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
नारायणगढ–बुटवल सडकः दाउन्नेमा एकतर्फी ढलानको काम सकियो
वैशाख १९ गते शनिबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
मौसम पूर्वानुमान : केही यी स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
प्रतिक्रिया