चैतको पहिलो सातादेखि एसईई, सबै विषयमा ३५ नल्याए फेल
मेरोन्यूज
२०८० पुष २५ गते १८:१७

काठमाडौं। आगामी चैतको पहिलो हप्तादेखि यो वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) हुने भएको छ । वार्षिक क्यालेन्डरअनुसार नै परीक्षा हुन लागेको हो ।
यो वर्षदेखि नन् ग्रेडिङ लागू हुनेछ । यसअघि ग्रेडिङ सिस्टम थियो । शिक्षा पत्रकार सञ्जाल (इजोन) ले आयोजना गरेको कार्यक्रममा बोर्डका अध्यक्ष महाश्रम शर्माले यो वर्ष नयाँ पाठ्यक्रम अनुसार परीक्षा हुन लागेको जानकारी दिए ।
अहिले नन् ग्रेडिङ सिस्टम भएकाले उत्तीर्ण हुन सबै विषयमा ३५ प्रतिशत ल्याउनुपर्ने उनले बताए । माघको पहिलो हप्ता रुटिन सार्वजनिक गरिने जनाइएको छ ।
अहिलेसम्म रजिस्ट्रेसन भर्ने विद्यार्थीको संख्या चार लाख ८९ हजार ४४४ जना रहेको कार्यालयले जनाएको छ ।
सम्बन्धित
















लेबनानमा इजरायली आक्रमण, पाँच जनाको मृत्यु
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
मिठाई बेचेर खुसी कमाएका हरिबहादुर
हलिया मुक्ति घोषणाको १८ वर्षः ‘व्यवस्था फेरियो, अवस्था उस्तै’
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
अमेरिकासँग वार्तामा जाने कुनै योजना छैन : इरान
गृहमन्त्री गुरुङको स्पष्टीकरण : केही लुकाएको छैन, ऋण लिए सेयर किनेको हुँ
प्रतिक्रिया