सोमबार, वैशाख २१, २०८३

गौशाला २६ को भन्दै युवतीको तस्बिर सार्वजनिक गर्ने कार्यकर्तालाई रास्वपाले गर्‍यो निलम्बन

मेरोन्यूज २०८० पुष २६ गते १४:४०

काठमाडौं । बलात्कारी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेबाट पीडित गौशाला २६ भन्दै सामाजिक सञ्जालमा युवतीको पहिचान खुलाउने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्‍वपा) का एक जना कार्यकर्ता निलम्बनमा परेका छन्।

Advertisement
NiccNicc

रास्वपाले चितवनका दिवश सापकोटालाई निलम्बन गरेको हो।

बिहीबार दिउँसो एक सूचना जारी गर्दै रास्वपाले उनलाई निलम्बन गरेको जनाएको छ । पार्टीका अनुसार निलम्बित सापकोटा रास्वपाको प्रवास नेपाली सम्पर्क विभाग जापान च्युबू शाखा समितिको सदस्‍य थिए ।

सापकोटाले गौशालाको २६ को भन्दै सामाजिक सञ्जाल फेसबुक र एक्समा एकजना युवतीका ३ वटा तस्बिर सार्वजनिक गरेका थिए।

प्रतिक्रिया