बिहीबार, माघ २९, २०८२

काठमाडौंमा जुवातास खेलिरहेको अवस्थामा ५ जना पक्राउ

मेरोन्यूज २०८० पुष २६ गते १९:४९

‍‍‍‍‍‍‍‍‍‍‍‍‍काठमाडौं । काठमाडौंको कोटेश्‍वरमा जुवातास खेलिरहेको अवस्थामा ५ जना पक्राउ परेका छन् ।

कोटेश्‍वरस्थित सुब्बा गेष्‍ट हाउसबाट जुवातास खेलिरहेको अवस्थामा खोटाङ साकेला नगरपालिका(१ घर भएका २५ वर्षीय प्रकाश रोक्का लगायत ५ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

प्रहरी प्रभाग कोटेश्‍वरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५९ हजार ७ सय ८५ रूपैयाँ र
२ बुक तासहित पेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया