सत्ती भन्सारमा क्वारेन्टाइन स्थापनाका लागि पहल गर्छु : उपप्रधानमन्त्री खड्का

टीकापुर (कैलाली) । उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले कैलालीको टीकापुर–९ खक्रौलामा रहेको सत्ती भन्सारमा क्वारेन्टाइन स्थापनाका लागि आफूले पहल गर्ने बताएका छन् ।
कैलालीको टीकापुरमा आयोजित सुदूरपश्चिमाञ्चल औद्योगिक व्यापार मेला तथा टीकापुर महोत्सवको आज उद्घाटन गर्दै उहाँले क्वारेन्टाइन स्थापनाका लागि आफू लागिपर्ने बताएका छन्। “वाणिज्य सङ्घले राखेका सातबुँदे माग पूरा गर्ने आश्वासन दिन्छु । आर्थिक उन्नति र प्रगतिका लागि लम्की टीकापुर सडक समयमै निर्माणका लागि पहल गर्छु”, उनले भने, “निर्माणाधीन सडक समयमै सक्न कडाइ गर्नुका साथै सडक विस्तार र पर्यटकीय विकासलाई प्राथमिकतामा राखिनेछ ।”
महोत्सवले विकाससँगै सहकार्यमा जोड दिने बताउँदै रक्षामन्त्री खड्काले कैलाली जिल्लाको टीकापुर सुन्दर र आर्थिक सम्भावना बोकेको सहर रहेको स्पष्ट गरे। यो सहरको विकासका लागि सङ्घीय सरकार यहाँका नागरिकको साथमा रहने पनि उनले बताए।
“यो महोत्सवले कृषक, उद्यमी, व्यवसायी, कलाकार सबैलाई एकै ठाउँमा जुटाइ सहकार्यका लागि नयाँ ठाउँ पहिल्याउने छ”, उनले भने, “महोत्सवअन्तर्गत प्रदर्शनीमा राखिने कृषि तथा औद्योगिक उत्पादनले वस्तु चिनाउन र बाह्य बजार विस्तारमा सहयोग पुग्नेछ । महोत्सवले बहुमूल्य वस्तुको पहिचान र बजार विस्तारमा सहयोग पुग्नेछ ।”
मन्त्री खड्काले महोत्सवले यस्ता मेला महोत्सवले साना तथा मझौला उद्योग विस्तार गर्न सहयोग पुग्ने बताए । उनले भारतबाट आउने धार्मिक पर्यटकलाई कैलाशमार्गसँग जोड्न सकिएमा पर्यटकीय विकासमा मद्दत पुग्ने बताए । “टीकापुरको विकासका लागि सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दछु”, उनले भने, “आधुनिक सहर निर्माणमा सरकारको साथ रहनेछ ।”
सो महोत्सवमा उद्योग वाणिज्य सङ्घ कैलालीले मन्त्री खड्कालाई टीकापुरवासीका तर्फबाट सीमामा रहेको खक्रौला भन्सारको स्तरोन्नति, सडकमार्ग विस्तार, सनकट्टीमा निर्माण हुने भनिएको पक्की पुल निर्माण, हवाई मैदान सञ्चालन आदि विषयमा माग राखेको थियो ।
















अटलान्टिक क्रुज जहाजमा ‘हान्टाभाइरस’ सङ्क्रमण, तीन जनाको मृत्यु : डब्लुएचओ
पोखरा महानगरपालिकाद्वारा अतिक्रमित संरचना हटाउन सूचना जारी
सातामा दुई दिन बिदा भएसँगै सौराहामा पर्यटकको आगमन उत्साहजनक
Home Secretary presents insignia to IGP Poudel
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
सिरहा बम विस्फोट घटनाका अभियुक्त यादव पुर्पक्षका लागि कारागार चलान
फेवातालमा पौडी खेल्ने क्रममा डुबेर १० वर्षीय बालकको मृत्यु
प्रतिक्रिया