मुलुकको समृद्धिका लागि वैज्ञानिक समाजवादी व्यवस्था आवश्यक छ : अध्यक्ष नेपाल

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले समानता र समतामूलक समाज निर्माणका लागि वैज्ञानिक समाजवाद आवश्यक रहेको बताए ।
पार्टीको केन्द्रीय कार्यालय आलोकनगरमा नेपाल भूतपूर्व सैनिक तथा प्रहरी सङ्गठन (समाजवादी)को तेस्रो वार्षिकोत्सवका अवसरमा आज आयोजित कार्यक्रममा अध्यक्ष नेपालले देशलाई समृद्ध बनाउन र जनताको जीवनलाई सुखी बनाउन मुलुकमा समाजवादी व्यवस्था स्थापना गर्नुपर्ने बताए । समाजवादको कार्यभार आफ्नो पार्टीले अवलम्बन गरिरहेको बताउँदै उनले भने , “जनवर्गीय सङ्गठनहरू पार्टीको यस कार्यभारलाई पूरा गर्नेगरी जनस्तरमा काम गर्नुपर्छ ।”
त्यस अवसरमा पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले पर्टीपङ्क्तिलाई इमान्दारिताका साथ पार्टी विस्तारमा लाग्न निर्देशन दिए । पार्टीको आन्तरिक समस्या पार्टी कमिटीका बैठकमा राख्नुपर्ने बताउँदै उनले भने, “हामीबीचमा केही समस्या छन् भने प्रदेश कमिटीका नेताहरू छन् । त्यहाँ पनि कार्यकर्ताका गुनासा सम्बोधन भएनन् भने केन्द्रीय सङ्गठन, पदाधिकारी छौँ । यहाँसम्म आएर आफ्ना कुरा राख्नुहोला ।”
















यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
मौसम पूर्वानुमान : मेघगर्जनसहित भारी वर्षाको सम्भावना
आज वैशाख २१ गते सोमबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
खारेज भयो निजामती कर्मचारीको ट्रेड युनियन
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
सुनचाँदीको मूल्य वृद्धि, आजको कारोबारको मूल्य कति ?
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
सिरहा बम विस्फोट घटनाका अभियुक्त यादव पुर्पक्षका लागि कारागार चलान
प्रतिक्रिया