डब्ल्यूटीओको व्यापार तथा विकास समितिको अध्यक्षमा राजदूत सुवेदी निर्वाचित

काठमाडौँ । विश्व व्यापार सङ्गठनको श्क्रबारको परिषद् बैठकले नेपालका स्थायी प्रतिनिधि रामप्रसाद सुवेदीलाई सङ्गठनको ‘व्यापार तथा विकास’ समितिको अध्यक्षमा एक वर्षका लागि निर्विरोध निर्वाचित गरेको छ । परिषद्का अध्यक्ष अथालिहा लेसिबा मोलोकोमे गरेको प्रस्तावमा विश्व व्यापार सङ्गठनको सदस्य राष्ट्रहरूले समर्थन गरेका थिए ।
नेपाल सन् २००४ मा विश्व व्यापार सङ्गठनको सदस्य भएपछि उक्त सङ्गठनको अध्यक्षमा नेपाल पहिलोपटक निर्वाचित भएको हो । नेपाल विश्व व्यापार सङ्गठनको सदस्य भएको २० औँ वर्ष मनाइरहदा प्राप्त यो अवसर नेपालको लागि गौरको विषय हो ।
नेपालले उक्त पदको जिम्मेवारी यस वर्षको दोश्रो नियमित बैठकवाट आरम्भ गरी सन् २०२५ पहिलो नियमित बैठक सम्म सम्हाल्ने जेनेभास्थित नेपालको नियोगले जनाएको छ ।
विश्व व्यापार सङ्गठन मूलत अन्तराष्ट्रिय व्यापारको नियम बनाउने सर्वोच्च निकाय भएता पनि पछिल्ला छलफल तथा बहसहरू विकास केन्द्रित हुने गरेका छन । नेपाललाई विश्वव्यापार सङ्गठनको माराकेस सम्झौताको क्षेत्राधिकार भित्र रहि व्यापार र विकाससंग सम्बन्धित विषयमा सदस्य राष्ट्रहरूलाई संयोजन गर्ने र साझा सहमति गराउने अवसर मिल्ने छ ।
समितिको अध्यक्षमा राजदूत सुवेदीको नियुक्तिले नेपाललाई विश्व व्यापार सङ्गठनका सदस्यहरुबीच विचारविमर्श र सहजीकरणका साथै विकास, व्यापार र लगानीका विषयमा विकास सरोकारवालाहरुसँगको संवादमा संलग्न हुन अवसर मिल्नेछ भने यो भूमिका दोहा कार्ययोजनाअनुसार अतिकम विकसित मूलुकका लागि व्यापारका लागि सहायताको परिचालन र मूलप्रवाहिकरण गर्ने सन्दर्भमा नेपालका निम्ति यो उपलब्धि हो ।
विश्वव्यापार सङ्गठनका अन्य निकायहरूमा रहेका अति कम विकसित मुलुकका हितका विषयवस्तुहरू सहजिकरण गर्न र अतिकम विकसित मुलुकहरुको समूहबाट स्तरोन्नति हुने चरणमा रहेका मुलुकका निम्ति अनुकूल वातावरण बनाउन गर्न महत्त्वपूर्ण हुनेछ ।
सन् २०२६ मा नेपाल अतिकम विकसित मुलुकहरूको समूहबाट स्तरोन्नतिको क्रममा रहेकाले नेपालको भूमिका अझ सान्दर्भिक हुने जेनेभास्थित नेपाली नियोगले जनाएको छ ।
















आशा जगाउने बजेट ल्याइन्छ : अर्थमन्त्री वाग्ले
Government decides to recommend President again for issuing ordinance related to Constitutional Council
होर्मुज जलडमरूमध्यमा अवरोधबीच तेल सङ्कटले एशिया–प्रशान्त क्षेत्रमा ठूलो प्रभाव : जापान
कार्यान्वयनयोग्य आयोजना प्रस्ताव गर्न प्रदेश सरकारको आग्रह
प्रहरीको सरुवा बढुवालाई निष्पक्ष र अनुमानयोग्य बनाउन गृहसचिव श्रेष्ठको निर्देशन
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
सिरहा बम विस्फोट घटनाका अभियुक्त यादव पुर्पक्षका लागि कारागार चलान
फेवातालमा पौडी खेल्ने क्रममा डुबेर १० वर्षीय बालकको मृत्यु
प्रतिक्रिया