नागरिक उन्मुक्ति पार्टीले सहमति नभएपछि २ जनालाई महासचिव घोषणा गर्यो

धनगढी । नागरिक उन्मुक्ति पार्टीले सहमति नभएपछि २ जनालाई महासचिव घोषणा गरेको छ ।
टीकापुरमा जारी प्रथम महाधिवेशनले पार्टीको विधान संशोधन गरेर दुई जना महासचिव सर्वसम्मत घोषणा गर्दै प्रमाणपत्र दिइएको छ । महासचिवमा कैलालीका गंगाराम थारु र लुम्बिनीका धर्मबहादुर चौधरीलाई निर्वाचित भएको घोषणा गरिएको छ ।
उपाध्यक्षमा सर्वसम्मत भएका रतन थापाले विधान संशोधन गर्नेगरी दुवै जनालाई महासचिवमा सर्वसम्मत चयन गरिएको हो ।
योसँगै अध्यक्षसहितका २७ जना पदाधिकारी र २४५ केन्द्रीय सदस्य सर्वसम्मत चयन भएका छन् । निर्वाचन समितिले उनीहरुलाई शुक्रबार राति प्रमाणपत्र वितरण गरिसकेको छ ।
उपाध्यक्षमा अन्य ५ प्रदेशमा सर्वसम्मत निर्वाचित भएपनि बागमति र लुम्बिनी प्रदेशमा सहमति हुन नसक्दा महाधिवेशन लम्बिएको छ । दुवै प्रदेशमा सहमतिको प्रयास जारी रहेको नेताहरुले बताएका छन् ।
रतन थापाले उपाध्यक्षमा पनि सहमतिको प्रयास जारी रहेकोले आज टुंगो लागेपछि बैठक बसेर विधान संशोधन गरिने बताए ।
















मौसम पूर्वानुमान : मेघगर्जनसहित भारी वर्षाको सम्भावना
आज वैशाख २१ गते सोमबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
खारेज भयो निजामती कर्मचारीको ट्रेड युनियन
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
सुनचाँदीको मूल्य वृद्धि, आजको कारोबारको मूल्य कति ?
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
सिरहा बम विस्फोट घटनाका अभियुक्त यादव पुर्पक्षका लागि कारागार चलान
प्रतिक्रिया