चन्द्रागिरिमा कार दुर्घटना हुँदा ४ जनाको घटनास्थलमै मृत्यु

हेटौँडा । चन्द्रागिरिमा कार दुर्घटना हुँदा ४ जनाको घटनास्थलमै मृत्यु भएको छ ।
चित्लाङ–चन्द्रागिरि सडक खण्ड अन्तर्गत चन्द्रागिरि नगरपालिका वडा नम्बर ४ मा प्रदेश नम्बर ३–०१०२३ च ६९८५ नम्बरको गाडी पानीघाटभन्दा माथि हिमचुली सेतो पहरास्थित सडकबाट करिब ५ सय मिटर तल खसेर दुर्घटना भएको हो ।
दुर्घटनामा परी ४ जनाको घटनास्थलमै मृत्यु भएको र २ जना घाइते भएको काठमाडौं प्रहरी परिसरका एसपी कुमोध ढुंगेलले जानकारी दिए।
मृत्यु हुनेमा काठमाण्डौं महानगरपालिका-३० मैतिदेवीका ६७ वर्षीय ओमकार निधि तिवारी, ६४ वर्षीया कल्पना तिवारी, काठमाण्डौं महानगरपालिका- २ लाजिम्पाटका ३८ वर्षीय डा. महेश कुमार गौतम र ४ वर्षीय प्रियान्स गौतम छन्।
दुर्घटनामा परी ६ वर्षीया स्मारिका गौतम गम्भीर घाइते एकी छन्। उनको बल्खुस्थित बयोधा अस्पतालमा उपचार भइरहेको छ। उनकी आमा डा. सृष्टी तिवारी गौतम सकुशल रहेको एसपी ढुंगेलले जानकारी दिए।
















डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर ३ रुपैयाँ वृद्धि, हवाई इन्धन सस्तियो
इरानको तटीय क्षेत्रको एक भवनमा विस्फोट
सुदूरपश्चिम प्रदेशका २०६ उम्मेदवार मध्ये १८ महिला : कुन पार्टीका उम्मेदवार ?
पत्रकार पिटरलाई इच्छुक पत्रकारिता पुरस्कार
अमेरिकालाई खुसी पार्न भेनेजुएलामा राजनीतिक बन्दी रिहाइ हुने आममाफी विधेयक प्रस्तुत
एक तोला सुनको मूल्य ३ लाख ३९ हजार नाघ्याे, चाँदीकाे कति ?
डीपी अर्यालको संयोजकत्वमा रास्वपाले बनायाे निर्वाचन सम्पादन समिति
निर्वाचनको ३५ दिन बाँकीः यसपटक निर्वाचनमा नेपालमै उत्पादित सामग्री प्रयोग गर्ने आयोगको नीति
तपाईको आजको दिन शुभ, अशुभ कस्तो हुनेछ ? हेर्नुहोस् राशिफल
पाँच वर्षमा ठोस रूपमा उपलब्धि हासिल गर्नसक्ने गरी घोषणा पत्र ल्याउँछौँः अध्यक्ष ओली
प्रतिक्रिया