शनिबार, वैशाख २६, २०८३

न्यायाधीश गिरीकी पत्नीले सर्वोच्चभित्रै गरिन् आत्मदाह प्रयास

मेरोन्यूज २०८० पुष २९ गते १३:५७

काठमाडौं । विवादमा परेकन न्यायाधीश भुवन गिरीकी पत्नी आरती गिरीले सर्वोच्च अदालतभित्रै आत्मदाह प्रयास गरेकी छन्।

Advertisement
NiccNicc

सर्वोच्च परिसरमा पसेर आइतबार उनले आफ्नो शरीरमा प्रज्वलनशील पदार्थ खन्याएर आगो सल्काउने प्रयास गरेकी हुन्। प्रहरीले तत्काल उनलाई उद्धार गरेर नियन्त्रणमा लिएको छ।

अर्धचेत देखिएकी गिरीलाई प्रहरीले उपचारका लागि अस्पताल लगेको छ। यसअघि जिल्ला अदालत काठमाडौंमा उनले श्रीमान्‌ गिरीमाथि जुत्ता प्रहार गरेकी थिइन्। आरतीले श्रीमान् गिरीविरुद्ध वैवाहिक बलात्कारको मुद्दा हालेकी छिन्।

प्रतिक्रिया