माघी एकता र सद्भावको पर्व : मुख्यमन्त्री चौधरी

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले माघी एकता र सद्भावको भएको बताएका छन ।
माघीपर्व तथ माघे संक्रान्तीको शुभकामना दिदै मुख्यमन्त्री चौधरीले माघी एकता र सद्भावको पर्व भएको बताएका हुन । माघीलाई उल्लासपूर्ण रूपमा मनाउनु पर्ने र चाडपर्व तथ संस्कृतिहरुको संरक्षण तथा सम्बद्धन गर्दै पर्वलाई हर्ष, खुशी र मनोरञ्जनपूर्ण बनाउँदै बन्धुत्व, एकता र सद्भाव कायम गरेर लैजानु पर्ने बताए ।
यस महान् पर्वले सबैमा उत्साह एवम् उमंग थपोस् र सबै बीच शान्ति, एकता, सद्भाव र सहिष्णुता कायमको लागि शुभकामना दिएका छन ।
नेपाल बहुजातीय, वहुभाषिक, बहुसास्कृतिक देश हो । यहाँ विभिन्न जातजाती, भाषाभाषी, धर्म सस्कृति, रीतिरिवाज, रहनसहन आ(आफ्नै छन । माघी पर्व तथा मकर (माघे) संक्रान्तिलाई हिमाल, पहाड र तराईमा बसोवास गर्ने नागरिकले आआफ्ना परम्परागत विशेषता र प्रकृति अनुसार मनाउने गर्दछन् शुभकामनामा भनिएको छ, सांस्कृतिक विविधतायुक्त समाजमा यो पर्वले पारिवारिक मिलन, बन्धुत्व, एकता, सद्भाव र सहिष्णुता बढाउँदै आएको छ ।
माघी थारु जातिको नयाँ बर्ष समेत भएकाले संस्कृतिहरुको संरक्षण तथा सम्बद्धन गर्दै हर्ष, खुशीका साथ मनाउदै बन्धुत्व, एकता र सद्भाव कायम गर्न आग्रह गरेक छ्न । पर्वले शान्ति, एकता, सद्भाव र सहिष्णुता कायम गर्न सकोस शुभकामनामा भनिएको छ ।















कञ्चनपुरमा चुनावी सरगर्मी बढेसँगै चोक–चौतारीमा उम्मेदवारको व्यक्तित्व र ‘एजेन्डा’ माथि मन्थन
सर्लाहीमा सवारी दुर्घटनाः छ महिनामा २९ जनाको मृत्यु, १९० घाइते
मौसम पूर्वानुमान: उच्च पहाडी भेगका एकदुई स्थानमा हल्का हिमपात र वर्षाको सम्भावना
न्युजिल्यान्डविरुद्धको टी-२० सिरिजमा भारत ४-१ ले विजयी
एक तोला सुनको मूल्य ३ लाख ३९ हजार नाघ्याे, चाँदीकाे कति ?
डीपी अर्यालको संयोजकत्वमा रास्वपाले बनायाे निर्वाचन सम्पादन समिति
मध्यरातमा यसरी लुटपाट मच्चाउथ्यो विनय तामाङको समूहले
निर्वाचन सुरक्षाका लागि कुकुरसहितको संयुक्त गस्ती सुरु
प्रतिक्रिया