मधेश प्रदेशविरुद्ध आर्मीका कप्तान विनोद भण्डारीकाे शतक

काठमाडौं । प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लबका कप्तान विनोद भण्डारीले मधेश प्रदेशविरुद्ध शतक प्रहार गरेका छन् ।
त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङका गर्ने क्रममा आर्मीका लागि चौथो क्रममा आएका विनोदले ८९ बलमा ९ चौका र ४ छक्का प्रहार गर्दै शतक पूरा गरेका हुन् ।उनले शतक प्रहार गर्दा आर्मी २३८-५ को स्थितिमा थियो।
जारी प्रतियोगिताको तेस्रो शतक हो। यसअघि पहिलो दिन नेपाल पुलिस क्लबका रशिद खान र दोस्रो दिन नेपाल एपिएफ क्लबका सन्दीप जोराले शतक प्रहार गरेका थिए। दुवैले बागमतीविरुद्ध शतक प्रहार गरेका थिए।
विनोदले शतक प्रहार गर्नुअघि भने आर्मीले लगातार विकेट गुमाएको थियो। ओपनर इमरान शेख २६ रन, भीम सार्की १८ रन, सन्तोष कार्की ४२ रन र सन्दीप रजाली शून्यमा आउट भएका थिए।
यस्तै कुशल मल्ल पनि ३७ रन जोडेर आउट भए।
कप्तान भण्डारीले २०२१ को प्रधानमन्त्री कपमै पहिलो शतक प्रहार गरेका थिए ।योसँगै उनले घरेलु चौथो राष्ट्रिय प्रतियोगितामा दोस्रो शतक प्रहार गरेका छन् ।
















प्रतिनिधिसभाबाट तीन अध्यादेश संशोधन स्वीकृत
जनजाति आयोगको प्रतिवेदन राष्ट्रियसभासमक्ष पेस, शोक प्रस्ताव पारित
प्रतिनिधिसभा नियमावली मस्यौदा समिति गठन, सभापतिमा गणेश पराजुली
सञ्चारमन्त्री तिमिल्सिना र नेपाल पत्रकार महासङ्घबीच छलफल
स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
एमालेले भन्यो: संसदीय दलको नेता चयन लोकतान्त्रिक विधि र विधानसम्मत
खाडीमुलुकमा युद्धको अफवाह फैल्याउने ११ नेपाली पक्राउ
प्रतिक्रिया