मंगलबार, चैत २४, २०८२

६ महिनामा सरकारले उठायो ५१५ अर्ब राजस्व

मेरोन्यूज २०८० माघ १ गते १२:३८

काठमाडौं । चालु आर्थिक वर्षको पछिल्लो ६ महिनामा सरकारले ५१५ अर्ब रुपैयाँ राजस्व संकलन गर्न सफल भएको छ ।

Advertisement
nepal life insurencenepal life insurence

अर्थ मन्त्रालयका अनुसार पुस मसान्तसम्म सरकारले लिएको ७७ प्रतिशत मात्रै राजस्व संकलन गरेको हो । यस अवधिमा कुल ६६८ अर्ब रुपैयाँ राजस्ज संकलनको लक्ष्य राखेको थियो ।

मन्त्रालयका प्रवक्ता धनिराम शर्मा अनुसार पुस महिनामा मात्र १३४ अर्ब रुपैयाँ राजस्व संकलन भएको छ । जुन सरकारको लक्ष्य भन्दा कम हो ।

पुस महिनामा १ सय८८ अर्ब रुपैयाँ संकलन हुने लक्ष्य राखेको थियो । तर, संकलन भने ५४ अर्ब रुपैयाँ कम भएको छ ।

राजस्व संकलन गत आर्थिक वर्षको यसै अवधिको तुलनामा भने १२ प्रतिशत हाराहारीले बढी भएको अर्थ मन्त्रालय जनाएको छ । गत वर्ष पुस मसान्तसम्म ४ खर्ब ५९ अर्ब रुपैयाँ रजस्व उठेको थियो ।

सरकारले चालु आर्थिक वर्ष २०८०/८१ मा कूल १४ खर्ब २२ अर्ब ५४ करोड १७ लाख रुपैयाँ राजस्व संकलनको लक्ष्य राखेको छ ।

यस वर्ष सरकारले गत आर्थिक वर्षको तुलनामा ४० प्रतिशतभन्दा माथिको वृद्धिदर हुने अनुमानसहित लक्ष्य निर्धारण गरेको थियो । प्रवक्ता शर्माले यसअनुसार यस वर्ष पनि लक्ष्य भने पूरा नहुने देखिएको बताए ।

प्रतिक्रिया