प्रधानमन्त्री कप क्रिकेटमा एपीएफको लगातार दोस्रो जित

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा एपीएफ क्लबले लगातार दोस्रो जित निकालेको छ। सोमबार मूलपानी क्रिकेट मैदानमा भएको खेलमा एपीएफले कोशीमाथि ६ विकेटको जित हात निकालेको हो ।
टस हारेर पहिला ब्याटिङ गरेको कोशी प्रदेशले १३६ रनको सामान्य लक्ष्य दिएको थियो । उक्त लक्ष्य एपीएफको १९.१ ओभरमा ४ विकेट गुमाउँदै भेट्टायो ।
एपीएफका लागि कप्तान रोहित पौडेलले ८० रनको अर्धशतकीय पारी खेले । उनले ५३ बलमा ९ चौका र ३ छक्का प्रहार गरे ।
यस्तै ओपनर प्रज्वल शाहीले २२ रन बनाए । अर्का ओपनर आशिफ शेख ४ रनमा आउट भए । पुरन विक १ रनमा एलबीडब्ल्यु भए । सुमित महर्जन २० र सन्दीप जोरा २ रनमा अविजित रहे ।
टस हारेर ब्याटिङको निम्तो पाएको कोशी ४४.३ ओभरमा १३५ रनमा अलआउट भएको थियो ।
कोशीका लागि फिदोर अन्सारीले ५५ रनको अर्धशतकीय पारी खेले । कप्तान अंकित १३ रनमा क्याच आउट हुँदा, सोनु अन्सारीले २० रन बनाए । आशिष भट्टराई १० र सोनु मण्डलले ११ त्यसअघि रन बनाए । अन्य कुनैले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
















आगामी निर्वाचन देशको स्वाधीनताका लागि महत्त्वपूर्ण छः उपाध्यक्ष थापा
कसुरजन्य सम्पत्तिको एकीकृत विवरणका लागि प्रणाली यथाशीघ्र विकास गर्नुहोस्ः गृहमन्त्री अर्याल
अर्कैको नाममा प्रहरी जवानको परीक्षा दिने १२ जना पक्राउ
लाखौँ भक्तजन साँखुस्थित शालीनदीमा (फाेटाेफिचर), अश्वमेध यज्ञ गरी माधवनारायण मेला समापन गरिने
बालेन शाहको काठमाडौंस्थित घरमा चोरी,अनुसन्धान गर्दै प्रहरी
संसद् पुनर्स्थापनाको मुद्दाबारे अविलम्व फैसला गर्न ओलीको माग
एकैदिन २० हजार ५ सयले घट्यो सुनको भाउ
राष्ट्रपति पौडेल जापान जाँदै, यस्तो छ भ्रमण तालिका
महिला–टी २० विश्वकप छनोट : स्कटल्यान्डमाथि बंगलादेशको फराकिलो जित
प्रतिक्रिया