प्रधानमन्त्री कप क्रिकेटमा एपीएफको लगातार दोस्रो जित

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा एपीएफ क्लबले लगातार दोस्रो जित निकालेको छ। सोमबार मूलपानी क्रिकेट मैदानमा भएको खेलमा एपीएफले कोशीमाथि ६ विकेटको जित हात निकालेको हो ।
टस हारेर पहिला ब्याटिङ गरेको कोशी प्रदेशले १३६ रनको सामान्य लक्ष्य दिएको थियो । उक्त लक्ष्य एपीएफको १९.१ ओभरमा ४ विकेट गुमाउँदै भेट्टायो ।
एपीएफका लागि कप्तान रोहित पौडेलले ८० रनको अर्धशतकीय पारी खेले । उनले ५३ बलमा ९ चौका र ३ छक्का प्रहार गरे ।
यस्तै ओपनर प्रज्वल शाहीले २२ रन बनाए । अर्का ओपनर आशिफ शेख ४ रनमा आउट भए । पुरन विक १ रनमा एलबीडब्ल्यु भए । सुमित महर्जन २० र सन्दीप जोरा २ रनमा अविजित रहे ।
टस हारेर ब्याटिङको निम्तो पाएको कोशी ४४.३ ओभरमा १३५ रनमा अलआउट भएको थियो ।
कोशीका लागि फिदोर अन्सारीले ५५ रनको अर्धशतकीय पारी खेले । कप्तान अंकित १३ रनमा क्याच आउट हुँदा, सोनु अन्सारीले २० रन बनाए । आशिष भट्टराई १० र सोनु मण्डलले ११ त्यसअघि रन बनाए । अन्य कुनैले दोहोरो अंकमा रन बनाउन सकेनन् ।















ट्रम्पले आक्रमण बढाए हर्मुजमात्रै होइन अन्य समुद्रीमार्ग पनि बन्द गरिदिन्छौँ -इरान
आजको मौसम पूर्वानुमान : लुम्बिनी, बागमती र कोशी प्रदेशका केही स्थानमा हल्का वर्षा
यस्तो छ आजका लागि तय भएको विदेशी मुद्रा विनिमयदर
स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
निर्माण व्यवसायी महासङ्घको अध्यक्षमा निकोलश पाण्डे विजयी
एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
नेपाल प्रहरीमा ठूलो संख्यामा प्रहरी जवान भर्ना खुल्यो
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
प्रतिक्रिया