त्रिशुली दुर्घटना : गाडीका चालक सकुशल रहेको प्रारम्भिक जानकारी

चितवन । मुग्लिन–नारायणगढ सडक खण्डबाट मंगलबार बिहान त्रिशुली नदीमा खसेको गाडीका चालक सकुशल रहेका पाइएको प्रहरीले जनाएको छ ।
इच्छाकामना गाउँपालिका–५ स्थित ३ नम्बर पुल नजिकबाट मंगलबार बिहान ४:६० बजेको समयमा भारतीय नम्बर प्लेट बी आर ०९ जी सी १४३९ भएको गाडी त्रिशूलीमा खसेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक श्रीराम भण्डारीले जानकारी दिए। गाडी सडकबाट करिब १०० मिटर तल नदीमा खसेको थियो।
सशस्त्र प्रहरी बल नेपालका प्रहरी नायव उपरीक्षक शैलेन्द्र थापाका अनुसार त्रिशूली नदीमा जीप खसेको सूचना पाएपछि सशस्त्र प्रहरी बल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट प्रहरी निरीक्षकको नेतृत्वमा गोताखोरसहितको टोली टोली परिचालन भएको थियो।
सशस्त्र प्रहरीका गोताखोरले नदी भित्र छिरेर खोजी गर्ने क्रममा भारतीय नम्बर प्लेटको बोलेरो गाडी भेटिएको थियो। गाडी भेटिए पनि त्यसका चालक वा सवार व्यक्ति भेटिएका थिएनन्।
गाडीका चालकले दुर्घटना हुँदा हाम फालेर ज्यान जोगाएको र पछि उनी अर्को गाडी चढेर दुर्घटनास्थलबाट अन्यत्र गएको भनेर प्रत्यक्षदर्शीले जानकारी दिएको प्रहरीकाे भनाइ छ।
















विश्व बैंकद्वारा नेपाल फिस्कल ड्यासबोर्ड सार्वजनिक
बागलुङमा स्कूल बस दुर्घटना : २३ विद्यार्थी घाइते, ३ को अवस्था गम्भीर
९ अंकले बढ्यो सेयर बजार, ११ अर्बको कारोबार
बैतडीमा बसको ढोकाबाट खसेर एक जनाको मृत्यु
सिरहा कारागारभित्र कटुवा पेस्तोल र गोली बरामद, नाइकेसहित १३ जना नियन्त्रणमा
आगामी निर्वाचनबाट प्रदेशलाई सबल र देशलाई सम्मुन्नत बनाउँछौँः सभापति थापा
खाना पकाउने ग्यासको अभाव देखिएपछि विभागले अनुगमन गर्दै
संविधान पुनरावलोकनका विषयमा प्रधानमन्त्री कार्कीलाई कानुन आयोगको जानकारी
निर्वाचन आउन २३ दिन बाँकीः ४४ जिल्लाको १०० निर्वाचन क्षेत्रको मतपत्र छपाइ सकियो
प्रतिक्रिया