महोत्तरीकाे भंगहा-जयनगरमा रेलभित्रै लडेर एक यात्रुको मृत्यु
मेरोन्यूज
२०८० माघ २ गते १३:१०

जनकपुरधाम । रेलभित्र लडेर एक यात्रुको मृत्यु भएको छ ।
धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाका अनुसार भंगहा–जयनगर रेलभित्र लडेर महोत्तरीको लोहरपट्टी नगरपालिका ४ खुट्टापिपराढीका अन्दाजी ५० वर्षीय रामएकवाल पण्डितको मृत्यु भएको जानकारी दिए ।
आज बिहान ८ बजे महोत्तरीको भंगहाबाट जयनगर तर्फ जान लागेको रेलमा चढेका पण्डित टिटी (रेलको कन्डक्टर)ले टिकट चेक गर्न जाँदा अचानक रेलको डिब्बाभित्रै लडेर उनको मृत्यु भएको डिएसपी अवाले बताए ।
मृतक पण्डितको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ । घटनाको विषयमा थप अनुसन्धान गरिरहेको डिएसपी अवाले बताए ।
सम्बन्धित
















प्रधानसेनापतिसँग युवा आदानप्रदान कार्यक्रममा सहभागीको भेट
विश्व बैंकद्वारा नेपाल फिस्कल ड्यासबोर्ड सार्वजनिक
बागलुङमा स्कूल बस दुर्घटना : २३ विद्यार्थी घाइते, ३ को अवस्था गम्भीर
९ अंकले बढ्यो सेयर बजार, ११ अर्बको कारोबार
सिरहा कारागारभित्र कटुवा पेस्तोल र गोली बरामद, नाइकेसहित १३ जना नियन्त्रणमा
आगामी निर्वाचनबाट प्रदेशलाई सबल र देशलाई सम्मुन्नत बनाउँछौँः सभापति थापा
निर्वाचन आउन २३ दिन बाँकीः ४४ जिल्लाको १०० निर्वाचन क्षेत्रको मतपत्र छपाइ सकियो
भ्रष्टाचार नियन्त्रणमा नेपालको प्रगति देखिएन, ३४ अंक यथावत
खाना पकाउने ग्यासको अभाव देखिएपछि विभागले अनुगमन गर्दै
प्रतिक्रिया