प्रधानमन्त्री कप क्रिकेट : पुलिसको लगातार दोस्रो जित
मेरोन्यूज
२०८० माघ २ गते १४:५८

काठमाडौं । प्रधानमन्त्री कप क्रिकेटमा नेपाल पुलिस क्लबले लगातार दोस्रो जित निकालेको छ।
मंगलबार त्रिवि क्रिकेट मैदानमा भएको खेलमा कोशी प्रदेशलाई ७ विकेटको फराकिलो अन्तरले हराएर पुलिसले दोस्रो जित हात पारेको हो ।
कोशीबाट पाएको १६७ रनको लक्ष्य पुलिसले २३.१ ओभरमा ३ विकेट गुमाएर भेट्टायो ।
पुलिसका लागि अर्जुन साउदले सर्वाधिक ६२ रन बनाए । दीपेन्द्र सिंह ऐरीले २८ रन जोडे।
पहिला ब्याटिङ गरेको कोशीले सुजन थपलियाको शतकको सहयोगमा १६९ रन बनाएको थियो । थपलियाले १०५ रन बनाएका थिए ।
७ रन हुँदा २ विकेट गुमाएको स्थितिमा चौथो नम्बरमा ब्याटिङमा आएका उनले एक छेउबाट कोशीको इनिङ सम्हाल्दै १०५ रन बनाएका थिए ।
सम्बन्धित
















फेवाताल जग्गा प्रकरणमा कानुनी उपचार खोज्ने गृहमन्त्रीको स्पष्टीकरण
बागमती प्रदेशसभाको हिउँदे अधिवेशन चैत २४ गते बस्ने
काठमाडौँ उपत्यकामा नियम उल्लङ्घन गरी सवारी चलाउनेविरुद्ध कडा निगरानी
नाइजेरियाली सेनाद्वारा अपहरण गरिएका ३१ जनालाई उद्धार, ५ जनाको मृत्यु
स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
नेपाली क्लाइम्बिङ टोली चीन जाने
नेपाल लाइफले भन्यो– दिपक भट्ट र ब्रोकर ५५ सँग कुनै कारोबार छैन
प्रतिक्रिया