आइतबार, वैशाख २०, २०८३

प्रधानमन्त्री प्रचण्डले सचिवालयबाट हटाए १३ जना

मेरोन्यूज २०८० माघ २ गते १६:२१

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको स्वकीय सचिवालयमा कार्यरत १३ जना हटाइएका छन् ।

Advertisement
NiccNicc

एक वर्षको कार्यकालको समीक्षापछि प्रचण्डले स्वकीय सचिवालयबाट १३ जना हटाएका हुन् ।

५ जना उपसचिव, एकजना शाखा अधिकृत, तीनजना प्रशासन सहायक, दुईजना कम्प्युटर सहायक, एकजना कार्यालय सहायक र २ जना हलुका सवारी चालकलाई हटाइएको सचिवालयले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिवलाई पत्रमार्फत् जानकारी गराएको छ ।

प्रतिक्रिया