आइतबार, वैशाख २७, २०८३

न्यायाधीश गिरीविरुद्धको रिट निवेदन हेर्न नभ्याइने सूचीमा

मेरोन्यूज २०८० माघ ३ गते १३:५०

काठमाडौँ । जिल्ला अदालतका निलम्बित न्यायाधीश भुवन गिरी विरुद्ध दायर भएको रिट निवेदन बुधबार हेर्न नभ्याइने सूचीमा परेको छ ।

Advertisement
NiccNicc

निवेदनमाथि न्यायाधीश द्वय डा. मनोजकुमार शर्मा र सुनिल पोखरेलको संयुक्त इजलासमा पेसी तोकिएको थियो ।

यसअघि न्यायाधीश गिरीविरुद्ध पत्नी आरतीले काठमाडौं जिल्ला अदालत र कपिलवस्तु जिल्ला अदालतमा बैवाहिक बलात्कारको उजुरी हालेकी थिइन्। दुबै अदालतले न्यायधीश गिरीलाई धरौटीमा छाड्न आदेश दिएका थिए।

जिल्ला अदालतको आदेशविरुद्ध रावल क्षेत्राधिकार रहेको उच्च अदालतमा ७३ नम्बरको निवेदन लिएर थुनामै राख्नुपर्ने माग गरी निवेदन दिन पुगेकी थिइन् । क्षेत्राधिकार रहेको दुवै उच्च अदालतले समेत जिल्ला अदालतकै आदेश सदर गरेपछि रावल सर्वोच्च अदालत आइपुगेकी हुन् ।

न्यायाधीश गिरीविरुद्ध दायर भएको वैवाहिक बलात्कारको मुद्दा दुवै जिल्ला अदालतहरूमा विचाराधीन अवस्थामै रहेको छ । तर अदालतले गिरीलाई थुनामा नराखी धरौटीमा छाडेको भन्दै रावल सर्वोच्च अदालतसम्म आइपुगेकी हुन् ।

सर्वोच्चमा पेसी चढ्नु केही दिन पहिले मात्रै आरतीले सर्वोच्च परिसर अगाडि पुगेर आत्मदाहको प्रयास समेत गरेकी थिइन्।

प्रतिक्रिया