माओवादीले गर्यो दुई वैकल्पिक केन्द्रीय सदस्यलाई निष्कासन
मेरोन्यूज
२०८० माघ ३ गते १४:४४

काठमाडौं । नेकपा माओवादी केन्द्रले दुईजना वैकल्पिक केन्द्रीय सदस्यलाई कारबाही गरेको छ ।
गत शनिबार बसेको स्थायी समिति बैठकले वैकल्पिक केन्द्रीय सदस्यहरू विरू तामाङ (सुदीप) र उमा विकलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गर्ने निर्णय गरेको हो ।
यस्तै, वैकल्पिक केन्द्रीय सदस्य गोरखबहादुर केसीलाई स्पष्टीकरण सोधेको माओवादीले जनाएको छ । भक्तपुरका तामाङ पछिल्लो समय मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँगै हिँडेको भन्दै माओवादीले कारबाही गरेको जनाएको छ ।
गोरखबहादुरले भने मंसिरमा भूकम्प प्रभावितका लागि राहत लिएर गएको चिनियाँ टोलीलाई जाजरकोटमा कुटपिट गरेको उजुरी आएपछि स्पष्टीकरण सोधिएको माओवादीले जनाएको छ ।
सम्बन्धित
















डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर ३ रुपैयाँ वृद्धि, हवाई इन्धन सस्तियो
इरानको तटीय क्षेत्रको एक भवनमा विस्फोट
सुदूरपश्चिम प्रदेशका २०६ उम्मेदवार मध्ये १८ महिला : कुन पार्टीका उम्मेदवार ?
पत्रकार पिटरलाई इच्छुक पत्रकारिता पुरस्कार
अमेरिकालाई खुसी पार्न भेनेजुएलामा राजनीतिक बन्दी रिहाइ हुने आममाफी विधेयक प्रस्तुत
एक तोला सुनको मूल्य ३ लाख ३९ हजार नाघ्याे, चाँदीकाे कति ?
निर्वाचनको ३५ दिन बाँकीः यसपटक निर्वाचनमा नेपालमै उत्पादित सामग्री प्रयोग गर्ने आयोगको नीति
डीपी अर्यालको संयोजकत्वमा रास्वपाले बनायाे निर्वाचन सम्पादन समिति
तपाईको आजको दिन शुभ, अशुभ कस्तो हुनेछ ? हेर्नुहोस् राशिफल
पाँच वर्षमा ठोस रूपमा उपलब्धि हासिल गर्नसक्ने गरी घोषणा पत्र ल्याउँछौँः अध्यक्ष ओली
प्रतिक्रिया