सेयर बजारमा दाेहाेराे अंककाे गिरावट

काठमाडौं । साताको चौथोदिन बुधबार सेयर बजार घटेर बन्द भएको छ । आज नेप्से परिसूचक १२ दशलमव १० अंकले घटेर २,१६३ को विन्दुमा कायम भएको हो ।
बुधबार ६३ कम्पनीको शेयर मुल्य बढेको छ भने १८० कम्पनीको शेयर मुल्य घटेको छ । आज सबैभन्दा धेरै अन्य उपसूचक १ दशलमव ९४ प्रतिशतले बढेको छ । आज दिनभरिमा ३ सय कम्पनीको ३ करोड ३५ लाख २५ हजार ७०२ कित्ता शेयर किनबेच हुँदा ९ अर्ब ७६ करोड ८९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
बुधबार सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्सको शेयर कारोबार भएको छ । आज ६५ करोड ८४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । ङादी ग्रुप पावरको ३३ करोड १६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सोनापुर मिनरल्सको २९ करोड ८२ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै ग्लोबल आइएमई लघुवित्त र नेपाल वेयरहाउजिङ कम्पनीका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । हिमालयन रिइन्स्योरेन्स कम्पनीका लगानीकर्ताले ९ दशलमव ९९ प्रतिशतका दरले कमाएका हुन् । गरिमा डिबेञ्चरका इकाईधनीले ९ दशलमव ८९ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै इर्स्टन हाइड्रोपावर र भुगोल इनर्जीका लगानीकर्ताले गुमाएका छन् ।
















कैलालीको टीकापुरमा सर्वसाधारणलाई सर्प पहिचानसम्बन्धी तालिम सञ्चालन
प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद्को आकस्मिक बैठक
कर्णाली सरकारद्वारा छ दिन थप सार्वजनिक बिदा दिने निर्णय
बालेन सरकारले अपारदर्शी ढंगले विदेशी ऋण लिएको एमाले महासचिव पोखरेलको आरोप
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
नयाँ हवाई रक्षा प्रणाली विकास गर्यौँ, अब जुनसुकै अमेरिकी जहाज खसाउन सक्छौँ -इरान
१५औँ महाधिवेशनको तयारीमा कांग्रेस : ‘जरा अभियान’ मा गाउँ तहसम्म पुग्ने
ओखलढुङ्गामा आगलागी हुदा ५७ लाख बढीको क्षति
व्यवसायी सुलभ अग्रवाल पनि पक्राउ
प्रतिक्रिया