बहिनीको बलात्कार घटना बाहिर ल्याउँदा दाजुको हत्या, बाबु पक्राउ

सुर्खेत । बहिनीको बलात्कार भएको घटना बाहिर ल्याउँदा दाजुको हत्या भएपछि प्रहरीले बाबुलाई पक्राउ गरेको छ ।
प्रहरीले आज बिहान १० बजे टिकापुरबाट उनलाई पक्राउ गरेको हो । उनीमाथि १८ वर्षीय छोराको बन्चरो प्रहार गरी हत्या र आफ्नै छोरीलाई बलात्कार गरेको आरोप छ ।
उनलाई टिकापुर कैलालीबाट सुर्खेत ल्याउन लागेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका निमित्त प्रवक्ता, प्रहरी निरीक्षक कृष्णबहादुर खड्काले बताए । बहिनीलाई बलात्कार गरेको आरोपमा दाइले बुबाविरुद्ध जिल्ला प्रहरी कार्यालय सुर्खेतमा कात्तिक १५ गते जबरजस्ती करणीको जाहेरी दर्ता गराएका थिए ।
अनुसन्धानको क्रममा घटनामा उनकै बुबा संलग्न रहेको प्रमाणहरू फेला परेका थिए भने उनकी बहिनीले पनि दाजुको हत्या बुबाले नै गरेको बताएको प्रहरीले जनाएको छ।
कातिक १५ गते प्रहरीमा परेको जाहेरीमा मृतककी बहिनीमाथि बुबाले बलात्कार गरेको विषय उल्लेख छ । भारतमा काम गरिरहेका बुबाले घरमा आई मामा घरमा रहेकी छोरीलाई बोलाई बलात्कार गरेको जाहेरीमा उल्लेख छ ।
बहिनीले दाइलाई भनेपछि दाइले प्रहरीमा जाहेरी दिएका थिए । आफूविरुद्ध जाहेरी दिएको भन्दै रिस साँध्न बाबुले नै छोराको हत्या गरेको प्रहरीको अनुसन्धानमा देखिएको छ।
बलात्कारको जाहेरी दिने छोराको हत्या गरिएपछि हत्याको कसुरमा अर्को छोरा तथा मृतकका भाइले बाबु विरुद्ध जाहेरी दिएका छन्।
जाहेरी परेपछि बाबु भारत भागेका थिए। उनी केही दिनअघि नेपाल फर्केको भन्ने सूचना पाएपछि प्रहरीले उनलाई पक्राउ गरी घटनाबारे अनुसन्धान अघि बढाएको हो।
















नेपालीरिका होटेलले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल
हिमालयन लाइफ इन्स्योरेन्सको १९औं बार्षिक साधारण सभा सम्पन्न
इटालीसँग नेपालको लज्जास्पद हार
खातामा प्यान र ईमेल ठेगाना अद्यावधिक गर्न ग्राहकलाई एनआईसी एसिया बैंककाे आग्रह
Parties have been cooperating when nation faces difficulties: NCP Coordinator Dahal
माल्दिभ्समा नेपाली समुदायको निःशुल्क स्वास्थ्य परीक्षण तथा कन्सुलर सेवा शिविर सम्पन्न
सिरहा कारागारभित्र कटुवा पेस्तोल र गोली बरामद, नाइकेसहित १३ जना नियन्त्रणमा
कसैलाई गाली नगराैं, निर्वाचनमा एकढिक्का भएर पार्टीलाई जिताउन लागौँ : उपभापति शर्मा
आगामी निर्वाचनबाट प्रदेशलाई सबल र देशलाई सम्मुन्नत बनाउँछौँः सभापति थापा
खाना पकाउने ग्यासको अभाव देखिएपछि विभागले अनुगमन गर्दै
प्रतिक्रिया