रुस-युक्रेन युद्धमा मारिएका नेपालीको शव ल्याउन नसक्नु लज्जा र चिन्ताको विषय : डा. भट्टराई

काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं समाजवादी पार्टी नेपालका अध्यक्ष बाबुराम भट्टराईले विदेको भुमिमा मारिएका नेपाली युवाको लास समेत नेपाल ल्याउन नसक्नु ठूलो राष्ट्रिय लज्जा र चिन्ताको विषय रहेको बताएका छन् ।
पछिल्लो समय रोजगारीको खोजीमा रूस–यूक्रेन जस्ता युद्धग्रस्त क्षेत्रमा पुगेर दर्जनौंको संख्यामा नेपाली युवाहरू मारिएको घटना दिनानु दिन बढ्दै गएको छ । उक्त विषयलाई लिएर भट्टराईले शनिबार सामाजिक सञ्जाल फेसबुक मार्फत एक स्टाटस लेख्दै यो चिन्ताको विषय रहेको बताएका हुन् ।
उनले लेखेका छन्,‘रोजगारीको खोजीमा हाम्रा युवाहरू रूस–यूक्रेन जस्ता युद्धग्रस्त क्षेत्रमा पुगेर दर्जनौंको संख्यामा मारिनु र उनीहरूको लाससम्म देशमा ल्याउन नसक्नु ठूलो राष्ट्रिय लज्जा र चिन्ताको विषय हो !
सरकार बाह्र सत्ताइसका कुरा गरेर बस्नु र आफ्नु अनुहार हेरेर आफै रमाएर बस्नु भन्दा एक-सूत्रीय रूपमा देशमै युवाहरूलाई सम्मानजनक र आयमूलक रोजगारी सिर्जना गर्न लागी परोस्। नत्र समयले कसैलाई पर्खनेछैन।’

















राष्ट्रपतिले जारी गरे थप तीन वटा अध्यादेश
पर्यटकीय गन्तव्य दोभान सडक सञ्जालमा जोडियो
इजरायलका लागि जासुसी गरेको आरोपमा इरानद्वारा दुई जनालाई मृत्युदण्ड
धोबी खोला करिडोरका पक्की घर भत्काउन थालियो
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
ओमानसँग नेपाल १०२ रनले पराजित
आशिष निर्माण सेवाका सञ्चालक गौली पक्राउ
अतिक्रमित जग्गामा बनाइएका घरटहरा खाली गर्न आग्रह
सर्पले टोकेको फलफूल-तरकारी विषालु हुन्छ ?
प्रतिक्रिया