नेपाल बैंकको नाफा ४९ प्रतिशतले घट्यो, वितरणयोग्य ऋणात्मक

काठमाडौं । नेपाल बैंकले चालु आर्थिक वर्ष (आव) को दोस्रो त्रैमासको वित्तीय अवस्था सार्वजनिक गरेको छ।
जस अनुसार चालु आर्थिक वर्षको पहिलो ६ महिनामा नेपाल बैंक लिमिटेडको नाफा करिब ४९.६० प्रतिशतले घटेर ५९ करोडमा खुम्चिएको छ।
चालु आवको पुस मसान्तसम्ममा बैंकले खुद ५९ करोड रुपैयाँ मात्रै नाफा गर्न सफल भएको छ। गत वर्षको यसै अवधिमा बैंकले १ अर्ब १७ करोड रुपैयाँ खुद नाफा गरेको थियो।
यो अवधिमा बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफा भने बढेको छ। खुद ब्याज आम्दानी २०.४० प्रतिशत बढेर ४ अर्ब ६३ करोड भएको छ।
यस्तै सञ्चालन नाफा २२.७८ प्रतिशतले बढेर ५ अर्ब ४१ करोड ७० लाख २२ हजार रुपैयाँ छ।
बैंकको वितरणयोग्य नाफा ५६ करोड ९० लाख रुपैयाँ ऋणात्मक छ। १४ अर्ब ६९ करोड रुपैयाँ चुक्ता पुँजी छ।
बैंकको प्रतिसेयर आम्दानी ८ रुपैयाँ ०३ पैसा छ भने प्रतिसेयर नेटवर्थ २५२.५४ रुपैयाँ छ।
बैंकको खराब कर्जा ४.५ प्रतिशत छ। गत आवको सोही अवधिमा यो ३.११ प्रतिशत थियो।















दाङमा चितुवाको आक्रमणबाट दुई घाइते
गुल्मीमा पाँच दिनदेखि सम्पर्कविहीन बाबुछोरी
राष्ट्रिय सभा उपाध्यक्ष भण्डारीले लिइन् शपथ
प्रतिनिधि सभामा राष्ट्रियसभाबाट प्राप्त तीन विधेयकसम्बन्धी सन्देश टेबुल
राष्ट्रियसभाका रिक्त चार समिति सभापति निर्विरोध चयन
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
नयाँ हवाई रक्षा प्रणाली विकास गर्यौँ, अब जुनसुकै अमेरिकी जहाज खसाउन सक्छौँ -इरान
१५औँ महाधिवेशनको तयारीमा कांग्रेस : ‘जरा अभियान’ मा गाउँ तहसम्म पुग्ने
आजदेखि मतदाता नामावली सङ्कलन सुरु हुँदै
युएईमा घाइते भएका सातै नेपाली खतरामुक्त, छ जना अस्पतालबाट ‘डिस्चार्ज’
प्रतिक्रिया