पुल्चोकस्थित स्क्वायर होटलकी सञ्चालक पक्राउ
मेरोन्यूज
२०८० माघ ७ गते १३:४७

काठमाडौं । ललितपुरको पुल्चोकस्थित स्क्वायर होटलकी सञ्चालकलाई पक्राउ परेकी छन् ।
जिल्ला प्रहरी परिसर ललितपुरले होटल सञ्चालक ललिता भण्डारीलाई शनिबार पक्राउ गरेको हो।
जावलाखेलका ४१ वर्षीय सजिलमान शाक्य स्क्वायर होटलमा स्वीमिङ गर्न जाँदा करेन्ट लागेर गम्भीर घाइते भएका थिए।
उनी घाइते भएपछि परिवारले उक्त होटलका सञ्चालकहरू रोमी अर्याल र ललिता भण्डारीविरूद्ध जाहेरी दिएका थिए।
सोही अनुसार प्रहरीले ललिता पक्राउ गरेको हो । रोमी भने हालसम्म पक्राउ परेकी छैनन् ।
सम्बन्धित
















बर्खा लाग्यो, तर हिउँ पर्न छाडेन
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
बिहीबारका लागि कुन देशको विदेशी मुद्राको विनिमय दर कति ?
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
प्रतिक्रिया