प्रधानमन्त्री कप क्रिकेटमा गण्डकीको पहिलो जित

काठमाडौं । कप्तान विपिन खत्रीको घातक बलिङमा गण्डकी प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा कोशी प्रदेशलाई २५ रनमा अल आउट गर्दै पहिलो जित हात पारेको छ ।
गण्डकी १ सय ४२ रनले विजयी हुँदा कोशीको लगातार छैटौं हार हो । जितको लागि १६८ रनको विजयी लक्ष्य पछ्याएको कोशी १५।२ ओभरमा २५ रनमा अल आउट भयो ।
कोशीका कुनैपनि ब्याटरले दोहोरो अंकको स्कोरमा रन बनाउन सकेनन्। चार ब्याटर शुन्य रनमा आउट हँदा कप्तान अंकित सुवेदीले बनाएको ८ रन नै सर्वाधिक रह्यो।
गण्डकीका विपिन खत्रीले ७ ओभरमा ३ मेडनसहित ४ रन खर्चेर ६ विकेट लिए । सन्दीप पराजुलीले ३।२ ओभरमा १ मेडनसहित ८ रन खर्चेर ३ विकेट लिए ।
त्यसअघि माथिल्लो मुलपानी क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको गण्डकी ४८।२ ओभरमा १६७ रनमा अल आउट भएको थियो ।
गण्डकीका मुश्कान थापाले १ सय २२ बलमा ७ चौकासहित सर्वाधिक ६७ रनको महत्वपूर्ण अर्धशतकीय इनिङ खेले ।
६ विकेट लिएका विपिन खत्रीले ७१ बलमा ५ चौका र १ छक्कासहित ४२ रन जोडेका थिए । एक समय ७३९६ को अवस्थामा पुगेको गण्डकीलाई सातौं विकेटका लागि विपिन र मुश्कानले ७६ रनको महत्वपूर्ण साझेदारी गरेका थिए ।
















बागमती प्रदेशसभाको हिउँदे अधिवेशन चैत २४ गते बस्ने
काठमाडौँ उपत्यकामा नियम उल्लङ्घन गरी सवारी चलाउनेविरुद्ध कडा निगरानी
नाइजेरियाली सेनाद्वारा अपहरण गरिएका ३१ जनालाई उद्धार, ५ जनाको मृत्यु
हुलाकका कुरियर ‘एक्सप्रेस वे’मार्फत, सार्वजनिक बिदाको दिन पनि सेवा
स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
नेपाली क्लाइम्बिङ टोली चीन जाने
एमालेले भन्यो: संसदीय दलको नेता चयन लोकतान्त्रिक विधि र विधानसम्मत
प्रतिक्रिया