प्रधानमन्त्री कप क्रिकेट : मधेससँग सुदूरपश्चिम ८० रनले पराजित पराजित

काठमाडौँ । प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा मधेस प्रदेशले सुदूरपश्चिम प्रदेशलाई पराजित गरेको छ ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा मधेसले सुदूरपश्चिमलाई ८० रनले पराजित गर्यो । प्रतियोगितामा सुदुरपश्चिमको यो पहिलो हार हो । जिसँगै प्रतियोगितामा चौथो जित हासिल गरेको मधेसले आठ अङ्क जोडेको छ । छ खेलमा आठ अङ्क जोड्दै मधेस प्रदेश तालिकाको तेस्रो स्थानमा छ । त्यस्तै चार खेलमा तीन जित र एक खेलमा हार बेहोर्दै सुदुरपश्चिम ६ अङ्कका साथ अङ्क तालिकाको चौथो स्थानमा छ ।
मधेस प्रदेशले प्रस्तुत गरेको तीन सय २० रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम ४४ दशमलव ५ ओभरमा सवै विकेट गुमाउदै दुई सय ३९ रनमा समेटियो । सुदूरपश्चिमका लागि नरेन भट्टले एक सय २२ बलमा १३ चौका र एक छक्काको मद्दतमा एक सय २१ रन बनाए । यसैगरी नारायण जोशीले २६, किरण ठगुन्नाले २०, नरेन साउदले १८, खडक बोहराले १४ तथा गजेन्द्र बोहराले १२ रन बनाए ।
मधेसका लागि राजेश यादव र प्रदीप पासवानले समान तीन विकेट लिए भने रञ्जित कुमारले दुई तथा कप्तान हरिशङ्कर शाह र पवन सराफले समान एकरएक विकेट लिए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको मधेस प्रदेशले निर्धारित ५० ओभरमा नौ विकेट गुमाउँदै तीन सय १९ रन बनाएको थियो । मधेसका लागि मायन यादवले एक सय २८ बलमा आठ चौका र दुई छक्काको सहयोगमा एक सय १५ रनको योगदान दिए ।
त्यसैगरी पवन सर्राफले ६३ बलमा चार चौका र चार छक्काको मद्दतमा ७० रन बनाए । अनिल शाहले ७० बलमा ६ चौका र दुई छक्काको मद्दतले ६९ रनको योगदान गरे । रुपेश सिंहले २१, अविशेक तिवारीले १६ तथा हरिशंकर शाहले १४ रन बनाए ।
सुदूरपश्चिमका लागि शेर मल्लले चार विकेट लिए भने विकाश आग्रीले दुई तथा नारायण जोशी र गजेन्द्र बोहराले समान एकरएक विकेट झारे ।
















बागमती प्रदेशसभाको हिउँदे अधिवेशन चैत २४ गते बस्ने
काठमाडौँ उपत्यकामा नियम उल्लङ्घन गरी सवारी चलाउनेविरुद्ध कडा निगरानी
नाइजेरियाली सेनाद्वारा अपहरण गरिएका ३१ जनालाई उद्धार, ५ जनाको मृत्यु
हुलाकका कुरियर ‘एक्सप्रेस वे’मार्फत, सार्वजनिक बिदाको दिन पनि सेवा
स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
नेपाली क्लाइम्बिङ टोली चीन जाने
एमालेले भन्यो: संसदीय दलको नेता चयन लोकतान्त्रिक विधि र विधानसम्मत
प्रतिक्रिया