एक करोड ८० लाख मेरो खातामा जम्मा भएकै छैन : रवि लामिछाने
मेरोन्यूज
२०८० माघ ८ गते १७:२८

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो खातामा एक करोड ८० लाख रुपैयाँ जम्मा नै नभएको दाबी गरेका छन्।
पार्टी केन्द्रीय कार्यालय चस्मतिमा सोमबार अपराह्न पत्रकार सम्मेलन गर्दै सभापति लामिछानेले ग्लोबल आइएमई बैंकको आफ्नो बैंक खातामा पैसा नै जम्मा नभएको दाबी गरेका हुन्।
पत्रकार सम्मेलनमा उनले बैंकको पत्र पढेर सुनाएका थिए । बैंक क्लियरेन्समा पैसा नआए पनि कम्पनी रजिस्ट्रार कार्यालयमा स्लिप गएको उनले दाबी गरे । ‘१ करोड ८० लाखको चेक डिपोजिट नभएको भन्दिनँ, तर घण्टी बजेन,’ लामिछानेले भने ।
पत्रकार सम्मेलनमा उपस्थित रास्वपा नेता एवं पूर्व बैङ्कर अनिल केशरी शाहले रविको नाममा चेक डिपोजिट गरिए पनि खातामा पैसा जम्मा नभएको बताए ।
सम्बन्धित
















विश्व प्रेस स्वतन्त्रता दिवस: पत्रकार महासङ्घको ऐक्यबद्धता पदयात्रा
सुनको मूल्य तोलामा एक हजारले घट्यो, चाँदीको बढ्यो
होर्मुज जलडमरूमध्यमा इरानको सुरक्षा निगरानी कडा
स्रोत नखुलेको रु २७ लाखसहित दुई जना पक्राउ
सर्पले टोकेको फलफूल-तरकारी विषालु हुन्छ ?
पुरानै शैली र प्रवृत्ति तोडेर रुपान्तरणकारी बजेट आउँछः अर्थमन्त्री वाग्ले
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
रोल्पा दुर्घटना अपटेडः मृतकको सङ्ख्या २० पुग्यो
प्रतिक्रिया