बिहीबार, वैशाख २४, २०८३

३ असईसहित २४ प्रहरी सम्पर्कविहीन, सात दिनभित्र हाजिर नभए बर्खास्त गरिने

मेरोन्यूज २०८० माघ १० गते ७:१२

काठमाडौं । नेपाल प्रहरीका २४ जना कर्मचारी सम्पर्कविहीन भएका छन्। प्रहरी सहायक निरीक्षक (असई)देखि प्रहरी कार्यालय सहयोगीससम्मका गरेर २४ जना सम्पर्कविहीन भएका हुन्।

Advertisement
NiccNicc

उनीहरूको खोजतलास गर्दा पनि सम्पर्कमा नआएकाले प्रहरी प्रधान कार्यालयले सात दिन भित्र स्पष्टिकरणसहित सम्पर्कमा आउन निर्देशन दिँदै बुधबार सूचना जारी गरेको हो।

यदि सात दिनभित्र हाजिर नभए सेवाबाट हटाउनेसम्मको कारबाही हुने सूचनामा उल्लेख छ ।

प्रतिक्रिया