सूचना प्रविधिको विकासका लागि संस्थागत र जनशक्तिको पुनः संरचना आवश्यक : मन्त्री शर्मा

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मुलुकका हरेक क्षेत्रमा सूचना र प्रविधिको विकास लागि संस्थागत र जनशक्तिको पुनःसंरचना आवश्यक रहेको बताए छ ।
आगामी १६औँ पञ्चवर्षीय योजनामा समेटिनुपर्ने मन्त्रालय र मातहतका निकायका लक्षित कार्यक्रमबारे आज मन्त्रालयमा भएको छलफलमा उनले डिजिटल नेपाल फ्रेमवर्क कार्यान्वयनका लागि पनि दक्षजनशक्ति र चुस्त निकाय बनाउन उक्त पुनःसंरचना आवश्यक रहेकामा जोड दिए ।
मन्त्री शर्माले मन्त्रालयलमातहतका निकायको संस्थागत र सञ्चारमाध्यममा रहेका जनशक्तिको पुनःसंरचना गरी क्षमता अभिवृद्धिमा लाग्न सबैलाई आग्रह गरे । साथै उनले आजको युगमा सूचना र प्रविधि हरेक क्षेत्रको उदाउँदो र अपरिहार्य विषय भएकाले सूचना प्रविधि प्राधिकरण वा यस्तै अन्य संस्थागत संरचनाको आवश्यकता औँल्याए ।
मन्त्री शर्माले मन्त्रालय एक्लैले मात्र काम गरेर सफलता हासिल नहुने भन्दै मातहतका निकायका नेतृत्वले पनि उत्साहका साथ काम गर्नुपर्ने बताए ।
कार्यक्रममा मन्त्रालयलका सचिव रामकृष्ण सुवेदीले सोह्रौँ योजना आगामी पाँच वर्षसम्म मुलुक रुपान्तरणका लागि मार्गनिर्देशन भएकाले सोहीअनुसार कुनै पनि विषय नछुटने गरी समावेश गर्नका लागि लाग्न मातहतका निकायलाई निर्देशन दिए । साथै उनले योजनामा लक्षित कार्यक्रम समावेश गर्ने सन्दर्भमा मातहतका निकायलाई मन्त्रालयले समाधानका लागि गर्नुपर्ने आवश्यक सहयोग रहने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा मन्त्रालयका उच्च कर्मचारीका साथै मातहतका निकायका प्रमुख र पदाधिकारीको सहभागिता थियो ।














होर्मुज जलडमरूमध्यमा इरानको सुरक्षा निगरानी कडा
स्रोत नखुलेको रु २७ लाखसहित दुई जना पक्राउ
पहिराले मुख्य राजमार्ग र सडकखण्ड पूर्ण रुपमा अवरुद्ध
सर्पले टोकेको फलफूल-तरकारी विषालु हुन्छ ?
पुरानै शैली र प्रवृत्ति तोडेर रुपान्तरणकारी बजेट आउँछः अर्थमन्त्री वाग्ले
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
रोल्पा दुर्घटना अपटेडः मृतकको सङ्ख्या २० पुग्यो
प्रतिक्रिया