पाकिस्तानविरुद्ध नेपाली ब्याटरले एकै बलमा दाैडिएर बनाए पाँच रन
मेरोन्यूज
२०८० माघ १० गते १८:४३

काठमाडौं । आईसीसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत पाकिस्तानविरुद्ध नेपाली खेलाडीले एकै बलमा दौडिएर ५ रन लिएका छन् ।
पाकिस्तानविरुद्धको ४९ औं ओभरमा नेपालका आकाश चन्द र सुभाष भण्डारीले एकै बलमा दौडिएर ५ रन लिएका हुन् ।
४८।५ ओभरमा पाकिस्तानका तीव्र गतिका बलर मोहम्मद जिशानको बलमा ब्याटिङ गर्दा क्रिजमा सुवास थिए । मोहम्मदको बल भण्डारीले हानेपछि चन्द र भण्डारीले दौडेर २ रन लिए ।
पाकिस्तानका फिल्डरले फालेको थ्रो बल समाउन नसकेपछि त्यसको फाइदा उठाउँदै चन्द र भण्डारीले दौडेर थप ३ रन लिएका थिए ।
टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित ५० ओभरमा १९७ रनमा अल आउट भएको छ ।
सम्बन्धित
















मधेस प्रदेशको आम्दानी न्यून, योजना कार्यान्वयनमा समस्या
प्रतिनिधिसभाबाट तीन अध्यादेश संशोधन स्वीकृत
जनजाति आयोगको प्रतिवेदन राष्ट्रियसभासमक्ष पेस, शोक प्रस्ताव पारित
प्रतिनिधिसभा नियमावली मस्यौदा समिति गठन, सभापतिमा गणेश पराजुली
सञ्चारमन्त्री तिमिल्सिना र नेपाल पत्रकार महासङ्घबीच छलफल
स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
एमालेले भन्यो: संसदीय दलको नेता चयन लोकतान्त्रिक विधि र विधानसम्मत
खाडीमुलुकमा युद्धको अफवाह फैल्याउने ११ नेपाली पक्राउ
प्रतिक्रिया