राष्ट्रिय सभा निर्वाचन : मतदान सुरु

काठमाडौं । राष्ट्रिय सभा निर्वाचनको मतदान सुरु भएको छ। बिहीबार बिहान ९ बजेदेखि सबै ठाउँमा मतदान सुरु भएको निर्वाचन आयोगले जानकारी दिएको छ।
राष्ट्रिय सभा सदस्यका रिक्त हुन लागेको १९ पदका लागि आज (बिहीबार) निर्वाचन हुन लागेको हो। राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि ७ वटै प्रदेशमा १/१ मतदान स्थल र २/२ मतदान केन्द्र कायम गरिएको छ।
२०७४ फागुनमा निर्वाचित राष्ट्रिय सभा सदस्यको पदावधि आगामी फागुन २० गते सकिन लाग्दा अर्को ६ वर्षे पदावधिका लागि १९ जना सदस्यको निर्वाचन हुन लागेको हो। अर्का १ जना सदस्य भने राष्ट्रपतिबाट मनोनित हुनेछन्।
राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि ७ वटै प्रदेशमा विभिन्न राजनीतिक दलका ५१ जना उम्मेदवारले प्रतिस्पर्धा गर्दैछन्।
राष्ट्रिय सभा सदस्य निर्वाचित गर्न प्रदेश सभाका सदस्य, पालिकाका प्रमुख तथा उपप्रमुख र अध्यक्ष तथा उपाध्यक्षले मतदान गर्नेछन्। प्रदेश सभा सदस्यतर्फ ७ वटै प्रदेशमा ५४९ जना मतदाता छन्।
यस्तै, पालिकातर्फ १ हजार ४९८ जना मतदाता छन्। कुल २ हजार ४७ जना मतदाताले मतदान गर्नेछन्।
प्रदेश सभा सदस्यको मतभार ५३ र पालिका प्रमुख तथा उपप्रमुख र उपाध्यक्ष तथा अध्यक्षको मतभार १९ कायम गरिएको छ।















वैदेशिक रोजगारी छाडेर गाउँमा बाख्रापालन
आज रास्वपाको सचिवालय बैठक बस्दै
भरुवा बन्दुकसहित वडा सदस्य पक्राउ
राष्ट्रपतिद्वारा विश्व प्रेस स्वतन्त्रता दिवसको शुभकामना
सर्पले टोकेको फलफूल-तरकारी विषालु हुन्छ ?
पुरानै शैली र प्रवृत्ति तोडेर रुपान्तरणकारी बजेट आउँछः अर्थमन्त्री वाग्ले
सुनचाँदीको मूल्यमा केही गिरावट
प्रतिक्रिया