बागमतीले सुदूरपश्चिमलाई दियो २४८ रनको लक्ष्य

काठमाडौं । ओपनर आशुतोष घिरैयाको अर्धशतकमा बागमती प्रदेशले सुदूरपश्चिम प्रदेशलाई २ सय ४८ रनको लक्ष्य दिएको छ ।
माथिल्लो मूलपानी क्रिकेट मैदानमा सुदुरपश्चिमले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको बागमतीले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा २ सय ४७ रनको योगफल तयार पारेको हो।
बागमतीका लागि ओपनर आशुतोष घिरैयाले ६२ बलमा ६ चौका र ३ छक्कासहित ५४ रन बनाए ।
कप्तान रित गौतम ६१ बलमा ९ चौकासहित ४४, ईशान पाण्डे २, रविन जोशी २४, अशोक पौडेल ३१, विपिन आचार्य १२, सुर्य तामाङ ९ र प्रतिश जि।सीले १७ रनको योगदान दिए।
सोनु देवकोटा २० बलमा २ चौका र २ छक्कासहित २८ रनमा नट आउट रहे ।
सुदूरका शेर मल्लले १० ओभरमा १ मेडनसहित ५५ रन खर्चेर ३ विकेट लिए । नारायण जोशीले ८ ओभरमा ६८ रन खर्चेर ३ विकेट लिए । विकाश आग्रीले १० ओभरमा ३८ रन खर्चेर २ विकेट लिए । मिलन बोहराले १ विकेट लिए ।
















बागमती प्रदेशसभाको हिउँदे अधिवेशन चैत २४ गते बस्ने
काठमाडौँ उपत्यकामा नियम उल्लङ्घन गरी सवारी चलाउनेविरुद्ध कडा निगरानी
नाइजेरियाली सेनाद्वारा अपहरण गरिएका ३१ जनालाई उद्धार, ५ जनाको मृत्यु
हुलाकका कुरियर ‘एक्सप्रेस वे’मार्फत, सार्वजनिक बिदाको दिन पनि सेवा
स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
नेपाली क्लाइम्बिङ टोली चीन जाने
नेपाल लाइफले भन्यो– दिपक भट्ट र ब्रोकर ५५ सँग कुनै कारोबार छैन
प्रतिक्रिया