कांग्रेसको अभियान
‘समुदायमा कांग्रेस’ अभियान आजबाट, वडा–वडामा पुग्दै प्रतिनिधि

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले शनिबारदेखि ‘समुदायमा कांग्रेस’ अभियान सुरु गर्दैछ । कांग्रेसले ६७४३ वटै वडासम्म पुगेर जनताका कुरा सुन्ने बताएको हो ।
पार्टीको यसअघिकै निर्णयबमोजिम केन्द्रीय कार्यालयले पहिलो चरणमा माघ १३ देखि २६ गतेसम्म अभियान सञ्चालन गर्न लागेको जनाएको छ ।
पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार कांग्रेस अभियानअन्तर्गत वडा तहसम्म पुग्ने प्रतिनिधिहरूले औपचारिक आसनग्रहण गर्न पाउने छैनन् । यस्तै, प्रतिनिधिले भाषण पनि गर्न पाउने छैनन् ।
केन्द्रीय कार्यसमितिले सञ्चालन गर्न लागेको अभियानअन्तर्गत ७ प्रदेश, ७७ वटै जिल्ला, ७५३ वटै स्थानीय तह र ६७४३ वटै वडामा प्रतिनिधि खटिँदैछन् । पार्टीका केन्द्रीय पदाधिकारी, पूर्वपदाधिकारी र केन्द्रीय सदस्यहरू समेत गाउँ–गाउँ पुग्ने र जनताका समस्या, गुनासा र सुझाव सुन्ने कार्यक्रम तय भएका छन् ।
कांग्रेसले माघ १६ गते सहिद दिवसको दिन विशेष कार्यक्रमसहित अभियानको पहिलो चरण प्रारम्भ गर्ने जानकारी दिएको थियाे । जुन अभियानको पहिलो चरण माघ २६ गते सुशील कोइरालाको स्मृति दिवसको दिन समापन हुनेछ ।
अभियानअन्तर्गत वडामा पुगेर कांग्रेसले जनताका अपेक्षा, सुझाव र गुनासा सुन्ने, स्थानीय स्तरमा सेवा प्रवाहको अवस्था, विकास निर्माण र समुदायमा भएका असल अभ्यासको अवलोकन गर्ने जनाएको छ ।
















33 days to HoR elections: EC active for code of conduct enforcement; 21 explanations sought
बुढासुब्बा गोल्डकप : धरानको पहिचान, युवा प्रतिभाका लागि सुनौलो अवसर
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
मेची पुलको ब्यारिकेटमा ठोक्किएर मोटरसाइकल चालकको मृत्यु
बागलुङमा झण्डै २७ करोडको सुन्तला उत्पादन
इन्डोनेसियामा पहिरोका कारण मृत्यु हुनेको सङ्ख्या ३४ पुग्यो, दर्जनौं अझै बेपत्ता
भदौ २३ को दिन मैले गोली चलाउने कुनै पनि आदेश दिएको छैन : केपी ओली
पहाड र सहर बुझेँ, यसपटक मधेस बुझ्न सर्लाही आएँ : गगन थापा
भ्रामक समाचार नलेख्न राष्ट्रिय प्रकृति संरक्षण कोषको आग्रह
पूर्वमन्त्री यादवसहित ८ नेता जसपा नेपालबाट निष्कासित
प्रतिक्रिया