कांग्रेसको अभियान
‘समुदायमा कांग्रेस’ अभियान आजबाट, वडा–वडामा पुग्दै प्रतिनिधि

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले शनिबारदेखि ‘समुदायमा कांग्रेस’ अभियान सुरु गर्दैछ । कांग्रेसले ६७४३ वटै वडासम्म पुगेर जनताका कुरा सुन्ने बताएको हो ।
पार्टीको यसअघिकै निर्णयबमोजिम केन्द्रीय कार्यालयले पहिलो चरणमा माघ १३ देखि २६ गतेसम्म अभियान सञ्चालन गर्न लागेको जनाएको छ ।
पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार कांग्रेस अभियानअन्तर्गत वडा तहसम्म पुग्ने प्रतिनिधिहरूले औपचारिक आसनग्रहण गर्न पाउने छैनन् । यस्तै, प्रतिनिधिले भाषण पनि गर्न पाउने छैनन् ।
केन्द्रीय कार्यसमितिले सञ्चालन गर्न लागेको अभियानअन्तर्गत ७ प्रदेश, ७७ वटै जिल्ला, ७५३ वटै स्थानीय तह र ६७४३ वटै वडामा प्रतिनिधि खटिँदैछन् । पार्टीका केन्द्रीय पदाधिकारी, पूर्वपदाधिकारी र केन्द्रीय सदस्यहरू समेत गाउँ–गाउँ पुग्ने र जनताका समस्या, गुनासा र सुझाव सुन्ने कार्यक्रम तय भएका छन् ।
कांग्रेसले माघ १६ गते सहिद दिवसको दिन विशेष कार्यक्रमसहित अभियानको पहिलो चरण प्रारम्भ गर्ने जानकारी दिएको थियाे । जुन अभियानको पहिलो चरण माघ २६ गते सुशील कोइरालाको स्मृति दिवसको दिन समापन हुनेछ ।
अभियानअन्तर्गत वडामा पुगेर कांग्रेसले जनताका अपेक्षा, सुझाव र गुनासा सुन्ने, स्थानीय स्तरमा सेवा प्रवाहको अवस्था, विकास निर्माण र समुदायमा भएका असल अभ्यासको अवलोकन गर्ने जनाएको छ ।
















रसुवागढी हुँदै मानसरोवर यात्रा सुरु
लेबनानको दक्षिणी क्षेत्रमा आक्रमण बढ्दै, दर्जनौँ प्रभावित
FNJ marks World Press Freedom Day, argues free press a fundamental human rights
इरानको शान्ति प्रस्तावप्रति ट्रम्पको शङ्का, सम्भावित सैन्य कारबाहीको सङ्केत
ट्राफिक कारबाहीबाट २४ घण्टामा ५ लाख ६५ हजार राजस्व सङ्कलन
पुरानै शैली र प्रवृत्ति तोडेर रुपान्तरणकारी बजेट आउँछः अर्थमन्त्री वाग्ले
सर्पले टोकेको फलफूल-तरकारी विषालु हुन्छ ?
रोल्पामा जिप दुर्घटना, १५ जना गम्भीर घाइते
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
नारामा केन्द्रित नभई नतिजा केन्द्रित बजेट आवश्यकः पूर्वअर्थमन्त्री खनाल
प्रतिक्रिया