प्रधानमन्त्री कप क्रिकेट : आज दुई खेल

काठमाडौँ । प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आज दुई खेल भइरहेका छन् ।
लुम्बिनी प्रदेश र बागमती प्रदेशबीचको खेल कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा भइरहेको छ । अर्को खेल काठकाडौँको मुलपानी क्रिकेट मैदानमा एपिएफ क्लब र गण्डकी प्रदेशबीच भइरहेको छ । लुम्बिनी र एपिएफ क्लबले आ–आफ्नो खेलमा ब्याटिङ गरिरहेका छन् ।
दश टोली सम्मिलित प्रधानमन्त्री कप क्रिकेटमा लुम्बिनी अङ्क तालिकाको नवौँ स्थानमा छ । लुम्बिनीले हालसम्म खेलेका पाँच खेलमध्ये एउटामा विजयी हुँदै दुई अङ्क जोडेको छ । यस्तै बागमती अङ्क तालिकाको दोस्रो स्थानमा छ । बागमतीले हालसम्म आठ खेलमा पाँचमा जित हासिल गर्दै १० अङ्क जोडेको छ ।
यस्तै एपिएफ क्लब अङ्क तालिकाको छैटौँ स्थानमा छ । एपिएफले ६ खेलमा तीनमा विजयी हुँदै ६ अङ्क बनाएको छ । गण्डकी हालसम्म खेलेका ६ खेलमध्ये दुईमा जित हासिल गर्दै चार अङ्कका साथ अङ्क तालिकाको आठौँ स्थानमा छ ।














आज कुन तरकारि एवम् फलफुलकाे मूल्य कती ?
इरानले अमेरिकासँग राखेको १० बुँदे योजनामा के छ ?
यस्तो छ आज (बुधबार) विदेशी मुद्राको विनिमयदर
गुण्डा नाइके सानुभाइसहित १८ जना पक्राउ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय
पूर्वमन्त्री खड्कालाई थप ७ दिन थुनामा राख्न अनुमति
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
चितवनमा सहचालकले बस ब्याक गर्दा …
प्रतिक्रिया