आहा रारा गोल्डकप : आजदेखि क्वाटरफाइनलका खेल

गण्डकी । पोखरामा जारी २३औँ संस्करणको आहा रारा पोखरा गोल्डकपअन्तर्गत आजदेखि क्वाटरफाइनलमा खेल सुरु हुँदैछ ।
प्रतियोगिताको पहिलो क्वाटरफाइनल खेल आज अपराह्न २ः३० बजे थ्रीस्टार क्लब र भूटानको पारो एफसीबीच हुने आयोजक सहारा क्लब पोखराले जनाएको छ ।
पोखरा रङ्गशालामा भइरहेको प्रतियोगितामा भूटानको पारो एफसीसहित साविक विजेता सङ्कटा क्लब, नेपाल प्रहरी फुटबल क्लब, त्रिभुवन आर्मी, सशस्त्र प्रहरी बल, मनाङ मस्र्याङ्दी, जावलाखेल युथक्लब, चर्च ब्वाइज, मच्छिन्द्र, थ्रीस्टार, राइजिङ स्टार र आयोजक सहारा क्लबले सहभागिता जनाएको क्लबका अध्यक्ष केशवराज बरालले जानकारी दिए ।
प्रतियोगिताका विजेताले रु १२ लाख एक हजार र उपविजेताले रु छ लाख एक हजार प्राप्त गर्ने उनले बताए । प्रि–क्वाटरफाइनल विजेता र पराजित दुवै टोलीलाई जनही रु २०/२० हजार, क्वाटरफाइनल विजेता र पराजित दुवै टोलीलाई रु ३०/३० हजार र सेमिफाइनल विजेता तथा पराजित दुवै टोलीलाई रु ५०/५० हजार प्रदान गरिने जनाइएको छ । प्रतियोगिता यही माघ २० गतेसम्म सञ्चालन हुनेछ ।














आज कुन तरकारि एवम् फलफुलकाे मूल्य कती ?
इरानले अमेरिकासँग राखेको १० बुँदे योजनामा के छ ?
यस्तो छ आज (बुधबार) विदेशी मुद्राको विनिमयदर
गुण्डा नाइके सानुभाइसहित १८ जना पक्राउ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय
पूर्वमन्त्री खड्कालाई थप ७ दिन थुनामा राख्न अनुमति
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
चितवनमा सहचालकले बस ब्याक गर्दा …
प्रतिक्रिया