स्वास्थ्यमन्त्रीको जोडबलमा डा. बसौलालाई बीमा बोर्डबाट हटाइयो

काठमाडौं । सरकारले स्वास्थ्य विमा बोर्डका कार्यकारी निर्देशक डा. दामोदर बसौलालाई अचानक हटाएको छ । स्वास्थ्यमन्त्री मोहन बस्नेतसँग कुराकानी नमिलेपछि ९ माघमा बसेको मन्त्रिपरिषद बैठकले डा. बसौलालाई कार्यकारी निर्देशकबाट हटाएको हो ।
सरकारको निर्देशनअनुसार काम नगरेको भन्दैं क्याबिनेटले उनलाई हटाउने निर्णय गरेको स्रोतले जनाएको छ ।
२४ पुसमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सर्वोच्च अदालतको आदेश विपरित स्वास्थ्य विमा बोर्डका कार्यकारी निर्देशक डा. दामोदर बसौलालाई हटाउन मन्त्रिपरिषदमा सिफारिस गरेको थियो । सोही सिफारिस बमोजिम क्याबिनेटले उनलाई हटाउने निर्णय गरेको हो । यसअघि मन्त्रिपरिषद्को २४ असोजको बैठकले उनलाई स्पष्टीकरण सोध्न स्वास्थ्य मन्त्रालयलाई सहमति दिएको थियो । त्यसअघि नै स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले उनलाई हटाउने मनसायले कानुन विपरित स्पष्टीकरण सोधेका थिए ।
उक्त स्पष्टीकरण कानुन विपरित भएको भन्दैं तीब्र आलोचना भएपछि उनले क्याबिनेटमा लगेर स्पष्टीकरण सोध्ने निर्णय गराएका थिए । मन्त्रिपरिषद्ले २४ कात्तिकमा स्पष्टीकरणमा चित्त नबुझेको भन्दैं डा.बसौलालाई तीन महिनाका लागि निलम्बन गरेको थियो ।
क्याबिनेटको आफूलाई तीन महिना निलम्बन गर्ने निर्णय कानुन विपरित भएको भन्दैं डा. बसौला सर्वोच्च अदालत गएका थिए । ६ पुसमा सर्वोच्च अदालतले उनलाई निलम्बन नगर्न अन्तरिम आदेश दिएको थियो । तर, स्वास्थ्यमन्त्री बस्नेतको बलजफ्तीमा पुनः उनलाई हटाउनका लागि स्वास्थ्यबाट क्याबिनेटमा प्रस्ताव लगेका थिए । सर्वोच्च अदालतको आदेश विपरित लगिएको उक्त प्रस्तावलाई क्याबिनेट बैठकले स्वीकृत गरिदिएको हो ।
सर्वोच्च अदालतले अन्तरिम आदेशमा कार्यकारी निर्देशकको पदावधि ४ वर्ष तोकेको, सर्वोच्चको अन्तिम निर्णय गर्दा विचार गरिने भन्दैं डा. बसौलालाई तत्काललाई मन्त्रिपरिषद्को निर्णय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको २६ असोज २०८० को निलम्बन सम्बन्धी पत्र कार्यन्वयन नगर्न भनेको थियो । साथै, डा. बसौलालाई यथावत काम गर्न दिन अन्तरिम आदेश दिएको थियो ।
















Possibility of rainfall in most urban areas
नेपालगन्ज विमानस्थलमा आजदेखि निःशुल्क ट्रलीबस सेवा सुरु
सन नेपाल लाइफ इन्स्योरेन्सद्वारा अभिकर्ता सशक्तिकरण तथा सम्मान कार्यक्रम सम्पन्न
सन् २०३० सम्ममा २५ हजार महिला शिक्षक तथा स्वास्थ्यकर्मी गुमाउदै अफगानिस्तान ः राष्ट्रसङ्घ
युरोपेली युनियनको नविन प्रतिवन्दको प्रतिक्रीयामा रूसद्वारा ईयु अधिकारीलाई रूसी क्षेत्र प्रवेश प्रति वन्द जारी
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
प्रदेश प्रमुख मियाँ र मुख्यमन्त्री शाहबीच भेट
यूएईमाथि नेपालको जित, लिग-२ मा चार लगातार हारपछिको विजयले तालिकामा राहत
प्रतिक्रिया