रास्वपा संसदीय दलको बैठक बस्दै,यी हुन् कार्यसुची

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय दलको बैठक बोलाएको छ। बैठक शुक्रबार बिहान ११ बजे संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने सो पार्टीका प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए।
आज बस्ने बैठकमा आगामी अधिवेशनका सन्दर्भमा गरिने तयारीका विषयमा छलफल हुने बताइएको छ।
बैठकमा उपस्थिति हुनुअघि सभापति रवि लामिछानेले तीनवटा प्रश्न पठाएको प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए। जसमा तत्काल बन्नुपर्ने ४० वटा विधेयकमा सांसदहरू रहेका समितिसँग सम्बन्धित विधेयकहरू र त्यसको अवस्था के छ? अहिले बनिरहेका विधेयकहरूमा पार्टीको चुनावी वाचापत्रमा भएका विषयको सम्बोधन हुने अवस्था के छ? आउने अधिवेशनमा सांसदहरूले उठाउने नागरिक र स्थानीय तहका मुद्दा के हुन्? भन्ने प्रश्न छन्।
संसद्को हिउँदे अधिवेशन माघ २२ गतेदेखि सुरू हुँदैछ। यसैबीच रास्वपाले आइतबार (माघ २१) गतेबाट अलपत्र विकास आयोजनाहरूको निर्माण सम्पन्न गर्न दबाब दिने ध्येयले पदयात्रा गर्दैछ।


















इरान–अमेरिका वार्ताको सम्झौताप्रति आशा
कोइला सकिएपछि हेटौँडा सिमेन्ट उद्योगद्वारा उत्पादन बन्द
कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार
PM Shah to hold discussions with Chief Ministers of all provinces
अमेरिका–इरान वार्तामा पाकिस्तानको सक्रियता
इरानको समुद्री क्षेत्रमा नाकाबन्दी लागू भएको घोषणा गर्दै ट्रम्पले दिए कडा चेतावनी
चिनियाँ राजदूतसँग गृहमन्त्री सुदनले भने-‘सरकार एक चीन नितीप्रति प्रतिवद्ध छ’
सम्पत्तिबारे गृहमन्त्रीकाे जवाफ : गरिब जन्मिनु गल्ती होइन, गरिब नै भएर मर्नुचाहिँ गल्ती
अस्ट्रेलियाली सेनामा पहिलो महिला प्रमुख
प्रतिक्रिया