बक्सिङ खेलाडीलाई खेलकुद सामाग्री सहयोग

भक्तपुर। भक्तपुर जिल्ला बक्सिङ संघको सिफारिस अनुसार एक जना आर्थिक अवस्था कमजोर भएका बक्सिङ खेलाडीलाई खेलकुद सामाग्री हस्तान्तरण गरिएको छ।
सामाजिक उतरदायित्वअन्तर्गत विपन्न ती खेलाडीलाई खेल सामाग्री हस्तान्तरण गरिएको जनाएको छ। इको प्यानल नेपाल प्रालिले बक्सिङ खेलाडी विकल भ्वय्द्योलाई एक कार्यक्रम गरी खेलकुद सामाग्री हस्तातरण गरेको हो। कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) इन्जिनियर कृष्णभक्त दुवालले खेलकुद सामाग्री हस्तातरण गरेका हुन्।
कार्यक्रममा नेपाल बक्सिङ महासंघका केन्द्रीय कोषाध्यक्ष गौतम सुजखुले खेलकुदलाई ठूलाठूला कम्पनीहरूले सहयोग गर्दै आएकोमा देशको अस्थिर राजनीतिका कारण ती सहयोगहरूमा कमी आएकोमा अहिले सानोसानो सहयोग सुरु भएको बताए।
कार्यक्रममा इको प्यालनका सिइओ इन्जिनियर कृष्णभक्त दुवालले कर्पोरेट सोसियोल रेस्पन्सिविलिटी अथवा सामाजिक उतरदायित्वको कार्यक्रमअन्तर्गत सहयोग गरेको बताए। उनले संघले गरेको सिफारिसको आधारमा वर्षमा एक जना खेलाडीलाई सहयोग गर्ने प्रतिवद्धता जनाए।
कार्यक्रममा भक्तपुर जिल्ला बक्सिङ संघका अध्यक्ष रामकृष्ण प्रजापतिले यस्ता सहयोगले खेलकुदको विकास गर्न र खेलाडीहरूलाई उत्साहित गर्न सहयोग पुग्ने बताए।
















स्थानान्तरण प्रक्रियामा छुटेका नागरिकलाई सम्पर्कमा आउन आग्रह
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा किसान सूचीकरण कार्यक्रम सञ्चालन
Free press for good governance, transparency: Minister Dr Timilsina
नबिल बैंकको केन्द्रीय कार्यालयमा नबिल नर्सिङ रुमको सुरुआत
पुरानै शैली र प्रवृत्ति तोडेर रुपान्तरणकारी बजेट आउँछः अर्थमन्त्री वाग्ले
सर्पले टोकेको फलफूल-तरकारी विषालु हुन्छ ?
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
नारामा केन्द्रित नभई नतिजा केन्द्रित बजेट आवश्यकः पूर्वअर्थमन्त्री खनाल
प्रतिक्रिया