लेबनानमा नेपाली शान्ति सैनिकको निधन
मेरोन्यूज
२०८० माघ १९ गते १९:१०

काठमाडौँ । संयुक्त राष्ट्रसंघको आव्हानमा शान्ति स्थापना कार्यको लागि लेबनानमा तैनाथ नेपाली सैनिकको मृत्यु भयेको छ ।
नेपाली सेनाको पुरानो गोरख गण (शान्ति सेना) ६४औँ डफ्फामा कार्यरत सिपाही शुवास थापाको विहिबार निधन भएको नेपाली सेनाले जनाएको छ ।
दोलखा निवासी सिपाही शुवास थापा उक्त गण हे.क्वा.को बंकरमा स्ट्याण्डवाइ डिउटीमा रहँदा आँफैले बोकेको हतियारबाट गोली लागी घाइते अवस्थामा फेला परेको र अस्पतालमा उपचारका लागि लगिएकोमा निज सिपाहीको निधन भएको हो । स्वर्गीय सिपाही शुवासको पार्थिव शरीर स्वदेश ल्याउन आवश्यक समन्वय भइरहेको नेपाली सेनाले जनाएको छ ।
हाल उक्त मिशन तैनाथ रहेको लेबननको सीमावर्ती इलाकामा लडाई चलिरहेको हुँदा त्यसको साइकोलोजिकल इफेक्टका अलवा अन्य कुनै कारणबाट उक्त घटना घटेको हो भन्ने बारेमा बुझ्ने कार्य भईरहेको नेपाली सेनाले जनाएको छ ।
सम्बन्धित
















स्वास्थ्य मन्त्रालयका १९३ पदाधिकारी पदमुक्त
१९ जिल्लामा हुलाकको घरमै सेवा : राहदानी, लाइसेन्स, शैक्षिक प्रमाणपत्रलगायत कागजात ढुवानी
पाठ्यक्रम समयसापेक्ष पुनरावलोकनका लागि कार्यदल गठन
राष्ट्रपतिद्वारा संसद्का दुवै सदनको अधिवेशन आह्वान
चिकित्सक संघको अध्यक्षमा डा बद्री रिजाल
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
बालेनलाई ज्ञवालीको प्रश्न: बागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ?
इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
प्रतिक्रिया