प्रधानमन्त्री कप : आर्मीले पुलिसलाई दियो १८२ रनको लक्ष्य
मेरोन्यूज
२०८० माघ २० गते १३:२५

काठमाडौँ । प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको फाइनलमा त्रिभुवन आर्मी क्लबले अर्को विभागीय टोली नेपाल पुलिस क्लबसामु जीतका लागि १ सय ८२ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको आर्मी ४९.५ ओभरमा १८१ रनमा अल आउट भयो । आर्मीका विवेक यादवले ८१ बलमा ७ चौका र १ छक्कासहित ६३ रन जोडे । अन्तिम ओभरको पाँचौं बलमा विवेक रन आउट भएका थिए । सोमपाल कामीले ५८ बलमा १ चौका र १ छक्कासहित ३९ रन बनाए ।
आर्मीका लागि ओपनर इमरान शेखले २८ तथा कुशल मल्लले १७ रन बनाउन बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । नेपाल पुलिसका लागि ललित राजवंशी र दीपेन्द्र सिंह ऐरीले ३–३ विकेट लिए । त्यस्तै, सागर ढकाल, करण केसी र कुशल भुर्तेलले एक–एक विकेट लिए ।
सम्बन्धित

















रसुवामा मतदान जारी
१०७ वर्षीय ज्येष्ठ नागरिकले गरे मतदान
राष्ट्रियसभा अध्यक्ष दाहालले गरे मतदान
गगन उम्मेदवार रहेकाे सर्लाही-४ स्थित एक मतदान केन्द्रमा विवाद : मतदान रोकियो
गृहमन्त्री अर्यालद्वारा मतदान
निर्वाचन सामग्री बोकेको गाडी दुर्घटनामा मतदान अधिकृतको पनि मृत्यु
अमेरिकासँगको वार्ता इरानद्वारा अस्वीकार
तेल प्रशोधन केन्द्रमा इरानले आक्रमण गरेपछि साउदी अरबले के भन्यो ?
आम मतदातालाई निर्वाचनमा सहभागी हुन नेपाली कांग्रेसको अनुरोध
इरानी आक्रमणमा अमेरिकी एफ-१५ लडाकु जेट कुवेतमा खस्याे
प्रतिक्रिया