बलात्कार आरोपमा प्रहरीका पूर्वसई पक्राउ

काठमाडौं । नेपाल प्रहरीका पूर्वप्रहरी नायब निरीक्षक (सई) अनिरुद्र यादव बलात्कार आरोपमा पक्राउ परेका छन् ।
आमा घरमा नभएका बेला १७ पुसमा बेलुकी ८ बजेतिर कोठामा आएर बलात्कार गरेको भन्दै पीडितले जाहेरी दिएपछि उनलाई जिल्ला प्रहरी परिसर, काठमाडौंले पक्राउ गरेको हो ।
ती सईले पुस १७, १८ र १९ गते तीन दिन बलात्कार गरेको भन्दै पीडित किशोरीले प्रहरीमा जाहेरी दिएपछि प्रहरीले पक्राउ गरेर अनुसन्धान अघि बढाएको हो। करणी गर्न नदिए एसिड छ्याप्छु भन्दै धम्की दिने, बन्दुकको गोलीसमेत देखाउने गरेको पीडित किशोरीले प्रहरीसमक्ष बयान दिएकी छिन्।
जाहेरीका आधारमा पक्राउ गरेर सरकारी वकिलको रोहबरमा प्रहरीले बयान लिँदा भने पूर्व सई यादवले इन्कारी बयान दिएका छन् । उनले पीडितकी आमासँग आफू सम्बन्धमा रहेको बताउँदै पीडितलाई आफ्नो छोरी जस्तै मान्ने गरेको दाबी गरेका छन् ।
प्रहरीले भने अनुसन्धानपछि पीडितको स्वास्थ्य जाँच प्रतिवेदन समेत समावेश गरेर बलात्कार गरेको पुष्टि हुने निष्कर्षसहित रायसहितको प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंमा बुझाएको छ ।
सरकारी वकिलले जिल्ला अदालत, काठमाडौंमा जबरजस्ती करणीको कसूरमा मुद्दा दर्ता गराएको छ ।
आरोपी यादवले १ पुस २०७६ मा प्रहरीबाट राजीनामा दिएका थिए । र, हाल निजी कम्पनीमा सुरक्षागार्डका रुपमा काम गर्दै आएका छन् ।

















गगन उम्मेदवार रहेकाे सर्लाही-४ मा मतदान सुरु भए लगत्तै हुलदङ्गा
विप्लवले गरे मतदान
कुलमान घिसिङले गरे मतदान
प्रचण्डले चितवनबाट गरे मतदान: अब हेलिकप्टरमार्फत रुकुम पूर्व जाने तयारी
रास्वपा सभापति लामिछाने र वरिष्ठ नेता बालेनद्वारा मतदान
निर्वाचन सामग्री बोकेको गाडी दुर्घटनामा मतदान अधिकृतको पनि मृत्यु
आज केही स्थानमा वर्षा र हिमपातको सम्भावना
तेल प्रशोधन केन्द्रमा इरानले आक्रमण गरेपछि साउदी अरबले के भन्यो ?
आम मतदातालाई निर्वाचनमा सहभागी हुन नेपाली कांग्रेसको अनुरोध
अमेरिकासँगको वार्ता इरानद्वारा अस्वीकार
प्रतिक्रिया