बुधबार, वैशाख १६, २०८३

कांग्रेस केन्द्रीय सदस्य बुढाथोकीको निधन

मेरोन्यूज २०८० माघ २३ गते ८:२७

काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पुर्वमन्त्री केशबकुमार बुढाथोकीको निधनले भएको छ ।

Advertisement
NiccNicc

निमोनियासम्बन्धी रोगबाट पीडित बुढाथोकीको विराटनगर मेडिकल कलेजमा उपचारका क्रममा निधन भएको हो।

कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले उनको निधनको पुष्टि गरेका छन्।

पूर्वमन्त्रीसमेत रहेका बुढाथोकी झापा, शनिस्चरे निवासी हुन्। उनी पञ्चायत कालदेखि नै राजनीतिमा सक्रिय थिए।

बुढाथोकीको पार्थिव शरीर मंगलबार नै गृहजिल्ला पुर्‍याएर अन्त्येष्टि गरिने नेपाली कांग्रेसले जानकारी दिएको छ।

प्रतिक्रिया