एमाले धादिङ जिल्ला अधिवेशनको बन्दसत्र अनिश्चित

काठमाडौं । आन्तरिक विवाद नसुल्झिएपछि नेकपा एमाले धादिङ जिल्ला अधिवेशनको बन्दसत्र अनिश्चित भएको छ ।
आज बिहान आठ बजेदेखि बन्दसत्र सुरु गर्ने भनिए पनि सुरु हुन सकेको छैन ।
बन्दसत्रको अध्यक्ष मण्डलका अध्यक्ष धर्मदत्त देवकोटाले आज बिहान सूचना जारी गर्दै निर्धारित मिति र समयअनुसार बन्दसत्र सुरु हुन नसकेको बताएका छन् ।
आन्तरिक तयारीको काम अझै केही बाँकी रहेको’ भन्दै उनले केन्द्रीय संगठन विभागबाट निर्देशन प्राप्त हुनासाथ अर्को सूचना जारी गरेर जानकारी गराउने बताएका छन् ।
यही माघ १९ गते महासचिव शंकर पोखरेलले उद्घाटन गरेको अधिवेशनमा प्रतिनिधि छनोट र अध्यक्षमण्डलका विषयमा विवाद भएको थियो । कुटपिटको समेत अवस्था सिर्जना भएपछि प्रदेश अध्यक्ष कैलाश ढुंगेलले अधिवेशन स्थगित गरेका थिए । जिल्ला अध्यक्ष भूमि त्रिपाठीले भने बन्दसत्र अघि बढाउने तयारी गरेका थिए । तर, अन्योलपछि अधिवेशन स्थगित गरेर नेताहरू काठमाडौं आएका थिए ।
















कांग्रेस देश बदल्ने अठोटसहित आएको छ : प्रवक्ता चालिसे
संवाद र दबाबको दोधारमा अमेरिका–इरान सम्बन्ध
युवा संघको अध्यक्ष बने महाराज गुरुङ
President Paudel embarking on official visit to Japan on February 1
इन्डोनेसियामा पहिरोका कारण मृत्यु हुनेको सङ्ख्या ३४ पुग्यो, दर्जनौं अझै बेपत्ता
त्रिशूली किनारमा भेटिएको ‘गणपति डिलक्स’काे उत्खनन स्थगित
यातायात कार्यालय चाबहिलका प्रमुखसहित २७ जनाको मोबाइल अख्तियारको नियन्त्रणमा
पहाड र सहर बुझेँ, यसपटक मधेस बुझ्न सर्लाही आएँ : गगन थापा
पूर्वमन्त्री यादवसहित ८ नेता जसपा नेपालबाट निष्कासित
प्रतिक्रिया